Butwal Today

एमालेको ११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि पोखरामा गर्ने प्रस्ताव

२९ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमाडौँ, २९ असोज ।

नेकपा एमालेको ११ औँ महाधिवेशन मंसिर २७ गतेदेखि कास्कीको पोखरामा गर्ने प्रस्ताव गरिएको छ ।

बुधबार ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन आयोजना गर्ने प्रस्ताव राखेका हुन् ।

उक्त प्रस्ताव केन्द्रीय कमिटी बैठकबाट अनुमोदन भएपछि मात्र औपचारिक रूपमा पारित हुनेछ ।