© २०२३
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी ओली केन्द्रीय कमिटीले भने एक मिनेट पनि अध्यक्ष पदमा नबस्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै फेसबुकमा कसैले भन्दैमा नछाड्ने उनले बताए।
उनले कतिपयले आफूलाई बोकेर हिँड्न नसकेको भनेकोप्रति असन्तुष्टि जनाउँदै आफैँ हिँड्न सक्ने जवाफ दिए।
उनले केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको मिति तोक्ने भन्दै आफू व्यक्तिगत इच्छाले नहिँडेको जिकिर गरे।
उनले देशभरिको युवाले केपी बा भनेको विरोधीहरूको मनमा पीडा भएर सही नसक्नु भएपछि चरित्र हत्या गरेको जिकिर गरे।