Butwal Today

सुस्तामा पोषण मार्फत जीवन रूपान्तरण परियोजना

२९ आश्विन २०८२, बुधबार
अ+
अ-

नवलपरासी, २९  असोज ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा पोषण मार्फत जीवन रूपान्तरण परियोजना सुरु भएको छ ।

हेलन किलर इन्टरनेसनल र आई डि ई नेपालको आर्थिक सहयोगमा र पछौटेपन उन्मुलन समाज ( बेस नेपाल) परासी, एकीकृत हातेमालो समाज नेपाल बुटवलको प्राविधिक सहयोगमा चालु आर्थिक वर्ष ०८२/०८३ को असार मसान्तसम्मका लागि जिल्लाको सुस्ता गाउँपालिकामा पोषण मार्फत जीवन रूपान्तरण परियोजना सुरु भएको हो ।

परियोजनाले ६ देखि ५९ महिना सम्मको बालबालिकाहरूलाई पोषणको अवस्था र गर्भवती महिला, बच्चालाई दुध चुसाउँदै गरेको उमेर सङ्ख्याका आमाहरूलाई लक्षित गरी सुस्ता गाउँपालिकालाई कार्यक्षेत्र बनाई कार्यक्रम सञ्चालन गर्ने बेस नेपालका कार्यक्रम संयोजक सालिकराम पोख्रेल बताएका छन् ।

पोषण मार्फत जीवन रूपान्तरण परियोजनाले नवलपरासी जिल्लालाई नै कुपोषण मुक्त जिल्ला बनाउने उद्देश्यको साथ नवलपरासी जिल्लाको सात वटै स्थानीय तहमा सो परियोजना लागु गरेको र परियोजनाले ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको कुपोषण अवस्था बारे लेखाजोखा समेत गर्दै आइरहेको र यो परियोजनाले स्वस्थ बालबालिका अर्थात् कुपोषणको सिकारबाट बचाई असल तथा सभ्य नागरिक स्थापित हुने अनुमान गरिएको एकीकृत हातेमालो समाज नेपाल बुटवलका कार्यकारी निर्देशक प्रदीप अर्यालले बताए ।

परियोजनाले गत आर्थिक वर्ष ०८१/०८२ मा गरेको गतिविधि बारे सुस्ता गाउँपालिकामा रहेको स्थानीय परियोजना सल्लाहकार समितिसँग बैठक राखी समीक्षा गरेको छ ।

समीक्षाको क्रममा सुस्ता गाउँपालिकामा पोषण मार्फत जीवन रूपान्तरण परियोजनाले बालबालिकाको पोषणको अवस्थामा र गर्भवती तथा दूध चुसाउने बच्चाका आमाहरूको स्वास्थ्यमा एकदमै उल्लेखनीय कार्य गरेको र अगामी दिनहरूमा पनि यस्ता उल्लेखनीय कार्य गर्नका लागि समितिका सदस्य एवं सुस्ता गाउँपालिका कि उपाध्यक्ष गीता चौधरीले आग्रह गरेकी थिइन् ।

स्थानीय परियोजना सल्लाहकार समिति सुस्ता गाउँपालिकाको बैठकको अवसरमा यस चालु आर्थिक वर्ष ०८२/०८३ मा परियोजनाले बहु क्षेत्रीय सहकार्य गरी स्थानीय तहको विभिन्न शाखागत तथा सङ्घसंस्था र सरोकारवालाहरूसंग समन्वय सहकार्य गरेर करिब ९८ लाखको कुल बजेटमा परियोजनाले काम गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?