© २०२३
समाचार सारांशमा
नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५ विन्दुमा झर्यो ।
कारोबारको अन्तिम समयमा नेप्से केही सुधारिँदै २४९९ बाट २५०५ मा पुगेको हो ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेर ३ अर्ब १० करोड रुपैयाँमा सीमित भयो ।
काठमाडौं, २९ असोज ।
बुधबार सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से २२.५८ अंकले घटेर २५०५ विन्दुमा झरेको हो ।
बजार खुल्दा केही स्थिर देखिएको सूचक २:५९ बजे २४९९ अंकसम्म घटेको थियो । तर अन्तिम एक मिनेटमा ६ अंकले सुधार भएर बजार २५०५ अंकमा बन्द भएको हो । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको देखिएको छ । मंगलबार ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३ अर्ब १० करोडमा सीमित रह्यो ।
बुधबारको कारोबारमा ४० कम्पनीको सेयर मूल्य बढ्दा २०६ वटा कम्पनीको घट्यो भने पाँच कम्पनीको मूल्य स्थिर रह्यो । म्युचुअल फन्ड बाहेकका सबै समूहका सूचकहरूमा गिरावट आएको छ । म्युचुअल फन्ड समूह भने ०.२४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गिरावट व्यापार समूहमा देखिएको छ, जसको सूचक २.०९ प्रतिशतले घटेको हो ।
बैंकिङ समूह ०.५४, विकास बैंक १.१४, फाइनान्स १.१०, होटल तथा पर्यटन १.०६, हाइड्रोपावर १.१८, लगानी ०.९८, जीवन बीमा ०.७५, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स ०.५६, निर्जीवन बीमा ०.६५ र अन्य समूह १.२२ प्रतिशतले घटेका छन् ।
यस दिन सबैभन्दा बढी मूल्य वृद्धि समता घरेलु लघुवित्तको भएको छ, जसको सेयर मूल्य ६.९३ प्रतिशतले बढेको हो । त्यसपछि क्रेस्ट माइक्रोलाइफको ३.६२ र मातृभूमि लघुवित्तको ३.१३ प्रतिशतले वृद्धि भएको छ । विपरीत, समाज लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशतले घटेको छ ।
त्यस्तै, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य ५.८७, पञ्चकन्या माइ हाइड्रोको ५.७५ र ग्रिन डेभलपमेन्ट बैंकको ५.०२ प्रतिशतले घटेको देखिएको छ ।
बुधबार सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, बुटवल पावर कम्पनी र हिमालयन डिस्टिलरी रहेका छन् ।