Butwal Today

४०० रुपैयाँले बढेपछि सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा, आज कति ?

२९ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, २९ असोज ।

नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ, जुन नेपाली बजार इतिहासकै उच्च मूल्य हो ।

मंगलबारसम्म छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम थियो । यससँगै १० ग्राम सुनको मूल्य २ लाख १३ हजार ३९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा ३ हजार ३४० रुपैयाँ पुगेको छ ।

सुन र चाँदी दुबैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेका छन् ।