Butwal Today

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

२९ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, २९ असोज ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुर स्थित रामबाग महलमा सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएको बैठकमा हाल महासचिव शंकर पोखरेलले सम्बोधन गरिरहेका छन् ।

एमालेले जेन–जी आन्दोलनपछिको राजनीतिक घटनाक्रम, आगामी पार्टी महाधिवेशन र संगठनगत विषयहरूमा टुंगो लगाउन बैठक आह्वान गरेको हो । पार्टी स्रोतका अनुसार, बैठकमा विभिन्न समसामयिक विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ ।