© २०२३
काठमाडौं,२९ असोज ।
जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गर्ने भएका छन् ।
जेनजी अभियन्ता रक्षा बमले जोशीको स्मृतिमा बुधबार अपराह्न ५:३० बजे काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएकी हुन् ।
सामाजिक सञ्जालमार्फत पोस्ट गर्दै बमले विपिन जोशीलाई विद्रोही समूह हमासले बन्धक बनाइसकेपछि पनि तत्कालीन राज्यसत्ताले उनलाई रिहा गराउन आवश्यक कूटनीतिक पहल नगरेको आरोप लगाएकी छन् ।
उनले लेखेकी छन्, “भविष्य बनाउन हिँडेको एउटा उज्यालो कहिल्यै नफर्किनेगरी अस्ताएको छ । हार्दिक श्रद्धाञ्जली विपिन । तिमीलाई हामी सधैं सम्झिरहनेछौं । वी आर सरी, वी कुड नट ब्रिङ यू ब्याक होम ।”
बमले दीप प्रज्वलन कार्यक्रममा सबैलाई सहभागी हुन पनि आग्रह गरेकी छन् ।