© २०२३
चितवन, असोज २९ ।
चितवनको रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन मजदुरको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
आज बिहान उद्योग परिसरभित्रको इँटाको पर्खाल अचानक भत्किँदा काममा रहेका मजदुरहरु मलबेभित्र च्यापिएका थिए । उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज पुर्याइएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
मृतकहरूमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय शुकराम दराई, गोरखा स्थायी घर भई रत्ननगर–१२ बस्ने ५४ वर्षीय रेशम दराई, र सोही वडाका ४५ वर्षीय कमल गुरुङ रहेका छन् ।
त्यसैगरी, सोही घटनामा पर्सा जिल्ला घर भई रत्ननगर–१२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र ४० वर्षीय अंकजप्रसाद थारु घाइते भएका छन् । उनीहरू दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी सुवास भट्टका अनुसार उद्योगभित्र पार्टिसनका रूपमा बनाइएको करिब १० इन्च बाक्लो इँटाको गाह्रो अचानक भत्किँदा घटना भएको हो । उनले घटनाको विस्तृत कारण र उद्योगको संरचनागत अवस्थाबारे थप अनुसन्धान भइरहेको जानकारी दि ए।
प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।