ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

युवक र दीपशीखाले जिते गौघाट ग्रीन रनको उपाधि

२८ आश्विन २०८२, मंगलवार
२८ आश्विन २०८२, मंगलवार

नेपालगञ्ज, २८ असोज ।

जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आयोजित गौघाट ग्रीन रनको उपाधि युवकराज बुढा र दीपशीखा शाहीले जितेका छन् ।

एघार बर्षदेखि नियमित आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गत बर्षदेखि सुरु भएको गौघाट ग्रीन रन कर्णालीको जुम्लाका युवकराज र बाँके कोहलपुरकी दीपशीखा च्याम्पियन बनेका हुन् । खजुरा गाउँपालिकाक २ सितापुर गौघाटमा भएको पाँच किलोमिटर खुला पुरुषतर्फ नरैनापुरका अरविन्द कुमार याद दोस्रो र जुम्लाका यमराज खत्री तृतीय भए ।

 खुला छात्रा २.५ किमीमा कोहलपुरकी दीपशीखा प्रथम हुँदा, कोहलपुरकी स्वस्तिका शाही र बर्दियाकी राधा सुनार तृतीय भए । खजुरापालिका स्तरीय पाँच किलोमिटर छात्रतर्फ ज्ञानोदय उच्च माविका धनिराम खटिक प्रथम, जनता उच्च माविका निकेस खत्री दोस्रो र अमरमाविका युसुफ विक तृतीय भए ।

त्यसैगरी छात्रा २.५ किमीमा अमर माविकी विनिसा एलजी पहिलो, योगिनी माविकी प्रशंसा विसी दोस्रो र अमर माविका विनिता पुलामी तेस्रो भए । विजयी खेलाडीलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफान, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरन गौतम, मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, वडाअध्यक्ष धनराम ओली, वल्र्ड क्लास धावक केन्याका जोन केलाईले नगद तथा पदक वितरण गरे ।

कार्यक्रममा धारा नेपालगन्ज म्याराथनका सदभावना दुत मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधानले प्रकृतिलाई पहिलो गुरु मान्नुपर्ने धारणा राखिन् । सबै मिलेर प्रकृति जोगाउन सकेमात्र मानव अस्तित्व जोगिने उनको भनाइ थियो । ‘दौडले समाजलाई जोड्छ, स्वस्थ राख्छ ।’ श्रृच्छाले भनिन् ‘आजैदेखि सबैले प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्नतर्फ लागौं, स्वस्थ समाज निर्माण गरौं ।’ सोमवारमात्र श्रृच्छा र कमनवेल्थ गेम्स २०१०का स्वर्ण पदक विजेता केन्याका जोह्नलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त गरिएको थियो ।

कार्यक्रममा खजुरा पालिका अध्यक्ष डम्बर विकले जागरण फैलाउने उद्देश्यले आयोजित ग्रीन रनले ठुला सेलिब्रिटीमार्फत सन्देश फैलाउन सफल भएकोमा पालिकाले सहकार्य गर्ने प्रतिबद्धता जनाए । त्यस्तै लुम्बिनी प्रदेशका सदस्यसचिव गौतमले समेत पृथक अवधारणाको दौडले समाजलाई शान्ति, एकता र सदभावको मालामा जोड्ने बताए ।

विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट प्रमाणीकरण रुट भएको धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण यही मंसिर ६ गते शनिवार हुनेछ । यसका लागि दर्ता खुला गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?