ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

युवक र दीपशिखाले जिते गौ घाट ग्रिन रनको उपाधि

२८ आश्विन २०८२, मंगलवार
२८ आश्विन २०८२, मंगलवार

बाँके, २८ असोज ।

जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आयोजित गौ घाट ग्रिन रनको उपाधि युवकराज बुढा र दीपशिखा शाहीले जितेका छन् ।

एघार वर्षदेखि नियमित आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा गत वर्षदेखि सुरु भएको गौ घाट ग्रिन रन कर्णालीको जुम्लाका युवकराज र बाँकेको कोहलपुरकी दीपशिखा च्याम्पियन बनेका हुन् ।

खजुरा पालिकाको सितापुरमा भएको पाँच किलोमिटर खुला पुरुषतर्फ नरैनापुरका अरविन्द कुमार याद दोस्रो र जुम्लाका यमराज खत्री तृतीय भए । खुला छात्रा २.५ किमीमा कोहलपुरकी दीपशिखा प्रथम हुँदा, कोहलपुरकी स्वस्तिका शाही र बर्दियाकी राधा सुनार तृतीय भए ।

खजुरापालिका स्तरीय पाँच किलोमिटर छात्रतर्फ ज्ञानोदय उच्च माविका धनिराम खटिक प्रथम, जनता उच्च माविका निकेस खत्री दोस्रो र अमरमाविका युसुफ विक तृतीय भए ।

त्यसै गरी छात्रा २.५ किमीमा अमर माविकी विनिसा एलजी पहिलो, योगिनी माविकी प्रशंसा विसी दोस्रो र अमर माविका विनीता पुलामी तेस्रो भए ।

विजयी खेलाडीलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तिरन गौतम, मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधान, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, वडाध्यक्ष धनराम ओली, वर्ल्ड क्लास धावक केन्याका जोन केलाइले नगद तथा पदक वितरण गरे ।

कार्यक्रममा धारा नेपालगन्ज म्याराथनका सद्भावना दूत मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधानले प्रकृतिलाई पहिलो गुरु मान्नुपर्ने धारणा राखिन् । सबै मिलेर प्रकृति जोगाउन सके मात्र मानव अस्तित्व जोगिने उनको भनाइ थियो । ‘दौडले समाजलाई जोड्छ, स्वस्थ राख्छ । ’ श्रृच्छाले भनिन्छ ।

‘आजैदेखि सबैले प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्नतर्फ लागौँ, स्वस्थ समाज निर्माण गरौँ ।’ सोमबार मात्र श्रृच्छा र कमनवेल्थ गेम्स २०१०का स्वर्ण पदक विजेता केन्याका जोनलाई धारा नेपालगन्ज म्याराथनको सद्भावना दूत नियुक्त गरिएको थियो ।

कार्यक्रममा खजुरा पालिका अध्यक्ष डम्बर विकले जागरण फैलाउने उद्देश्यले आयोजित ग्रिन रनले ठुला सेलिब्रिटीमार्फत सन्देश फैलाउन सफल भएकोमा पालिकाले सहकार्य गर्ने प्रतिबद्धता जनाए । त्यस्तै लुम्बिनी प्रदेशका सदस्यसचिव गौतमले समेत पृथक अवधारणाको दौडले समाजलाई शान्ति, एकता र सद्भावको मालामा जोड्ने बताए ।

विश्व रनिङको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणीकरण रुट भएको धारा नेपालगन्ज म्याराथनको ११औँ संस्करण यही मङ्सिर ६ गते शनिवार हुनेछ । यसका लागि दर्ता खुला गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?