Butwal Today

थारु गाउँ बस्तीमा नजिकिँदै तिहारको रौनक 

२८ आश्विन २०८२, मंगलवार
अ+
अ-

बर्दिया, २८ असोज ।

यहाँका थारु गाउँ बस्तीहरूमा तिहारको रौनक बढ्न थालेको छ । दसैँ सकिएसँगै थारु गाउँमा हुर्डुङ्ग, सखिया र झुम्रा नाचले गर्दा रौनक बढेको हो । थारु समुदायका किसानहरूले दिनभरि खेतमा धान काट्ने र साँझको खाना खाएर नाच गरेर रमाइरहेका छन् ।

यति बेला किसानहरू दिनरात नभनी धान काट्ने खेतमा खटिएका छन् तर थारु बढैयाताल गाउँपालिका वडा नम्बर ५ का किसान युवायुवतीहरू तिहार नजिकिए सँगै दिनभरि खेतमा धान काट्ने र राती ७ बजे देखि करिब ११ बजेसम्म आफ्नो परम्परा संस्कृति अनुसार नाच गान गर्न लागि परेका छन् ।

बढैया गाउँमा दसैँमा थारु नाच सँगै थारुका पुर्खाहरूले लेखेको लिपि लगायतका अन्य थारु परम्परा अनुसारका नाचको गानको लागि राखिएको थियो जस तालिममा करिब ६० युवा युवतीहरूले भाग लिएको बाबा खरक खनिया युवा सञ्जाल बढैयाका अध्यक्ष राकेश थारुले बताए ।

उनले भने तालिम लिएपछि युवायुवतीहरूमा आफ्नो रीतिरिवाज संस्कृति सँग धेरै लगाव देखिएको छ । दिनभरि खेतमा काम गरे पनि साझा नाच गर्न जुतिहल्ने रहेको बताए ।मादल बजाएको करिब ५५ वर्ष भयो तर यसरी नाचमा चासो नदेखेको मादल बजाउने मादले पुर्खा पतिराम थारुले बताए ।

युवा पुस्ताले देखाएको जोस हाम्रो पालामा देखिएको थिएन । दसैँ भन्दा पहिला गाउँका युवाहरूले मिलेर थारु पौराणिक लिपि, मादल बजाउने, गीत गाउने र नाच्ने तालिम भएपछि झनै उत्साह देखिएको छ ।

हाम्रो पालामा जति नाचगान गरे पनि यसरी गाउँका मानिसहरूमा उत्साह देखेको थिएन तर हामीले गर्न नसकेको काम युवा पुस्ताहरूले गरेर देखाए । हाम्रो गाउँको युवाहरू जस्तै सबै जातजातिका युवाहरूलाई आफ्नो परम्परा र संस्कृति अनुसार परम्परा बचाई राख्न अभियान थाल्न जरुरी रहेको देखिन्छ ।

तालिममा सहभागी भएपछि आफ्नो परम्परा अनुसारको नाच निकै रमाई भइरहेको छ । पहिलामा थारु भाषाको गीत गाउन नसक्ने गरेको कारणले मलाई खसाइ रुचि नरहेको बढैयाताल गाउँपालिका वडा नम्बर ५ का स्थानीय युवा भुलै थारुले बताए ।

उनले भने तालिम लिएपछि गीत गाउन र मादल बजाउन सिकी सकेको छु । अब अरू फिल्मी गीत र नाच भन्दा आफ्नै भाषाको गीत गाउन मन लाग्ने गरेको हुन्छ । खदिन भरी खेतमा काम गरे पनि दसैँ झैँ तिहारको लहर लागे जस्तो भएको छ ।

साझा पाखा जति थकाइ लागेपनि नाच गर्ने रहर आइलागे हुन्छ । जस कारणमा हरेक दिन साझा नाच गर्न गाउँमा पुगेको स्थानीय युवा थारुले बताए । युवाहरूमा आफ्नो संस्कृति परम्परामा जोस आएको देख्दा गाउँलेहरू चकित भएका छन् । आफ्नो परम्परा र संस्कृति बचाउन सबै एक जुट हुनै पर्ने उनीहरूको योजना रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?