© 2026
काठमान्डौ, २८ असोज ।
जल तथा मौसम विज्ञान विभागले मंगलबार देशका विभिन्न क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमको पूर्वानुमान सार्वजनिक गरेको छ ।
त्यसअनुसार जनकपुर र भैरहवामा अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्नेछ । अन्य स्थानमा डडेलधुरा २५, धनगढी ३३, नेपालगन्ज ३३, सिमरा ३२, जोमसोम २०, जिरी २३ डिग्रीसम्म तापक्रम रहने विभागले जनाएको छ ।
यस्तै, न्यूनतम तापक्रम जुम्लामा २ र जोमसोममा ४ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ ।
