© २०२३
काठमान्डौ, २८ असोज ।
नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) ले विदेशमा रहेका नेपाली नागरिकको मतदान सुनिश्चित गर्न निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ ।
एनपीआईले तयार पारेको नीति सिफारिस ‘विदेशमा रहेका नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था आउँदो फागुन २१ गतेको चुनाव र त्यसपछिका सम्भावित उपायहरू’ शीर्षकमा आयोगका आयुक्त जानुका तुलाधर, अन्य पदाधिकारी र सचिव माधव पन्तलाई बुझाइएको छ ।
सिफारिसमा विश्वका विभिन्न देशहरूले अपनाएका विधिहरूलाई उदाहरण दिँदै, नेपालका लागि मिश्रित बाह्य मतदान मोडेल अपनाउन सुझाव दिइएको छ । यस अन्तर्गत दूतावासमा प्रत्यक्ष मतदान, हुलाकमार्फत मतदान र इन्टरनेट आधारित आइ–भोटिङ समावेश हुनेछन् । सिफारिसमा मेक्सिको (सन् २०२४) र फिलिपिन्स (सन् २०२५) को अनुभवलाई आधार मानिएको छ ।
एनपीआई अध्यक्ष डा. खगेन्द्रराज ढकालले भने, “लाखौँ नेपाली नागरिक विदेशमा काम, अध्ययन वा अन्य प्रयोजनका लागि रहेका छन् । उनीहरूलाई राष्ट्रिय निर्वाचनमा मतदान गर्ने मौलिक अधिकारबाट वञ्चित हुनु हुँदैन । यसैले मतदानको अवसर उपलब्ध गराउनु आवश्यक छ ।”