ट्रेंडिंग:

>> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह

कपिलवस्तुमा १ सय २८ कुष्ठरोगका नयाँ बिरामी 

२८ आश्विन २०८२, मंगलवार
२८ आश्विन २०८२, मंगलवार

कपिलवस्तु, २८ असोज ।

कपिलवस्तु जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ को अवधिमा कुष्ठरोगका १ सय २८ नयाँ बिरामी फेला परेका छन् ।

ल्याप्रोसी मिसन नेपालको आर्थिक सहयोगमा स्वास्थ्य कार्यालय कपिलवस्तुले तौलिहवामा आयोजना गरेको सञ्चारकर्मी र सरोकारवालालाई कुष्ठरोग अभिमुखीकरण तथा अन्तरक्रियामा सो जानकारी दिइएको हो ।

स्वास्थ्य कार्यालयका वरिष्ठ क्षय कुष्ठ निर्देशक मोहम्मद ईरफानले जिल्लामा फेला परेका नयाँ कुष्ठ रोगी मध्य ८५ जना एमबिको अवस्थामा र ४३ जना पिबीको अवस्था रहेको जनाए ।

धेरै जीवाणु भएको कुष्ठरोगको केशलाई एमबी र थोरै जीवाणु भएको कुष्ठरोगको केशलाई पिबी भन्ने गरिएको छ । एमबि गम्भीर र सङ्क्रामक प्रकारको हुने भएकाले उपचार १२ महिनाको हुने र पिबी हल्का गम्भीर हुने भएकाले उपचार अवधि ६ महिनाको हुने गरेको जनाइएको छ ।

जिल्लामा फेला परेका कुष्ठ रोगी मध्य सबैभन्दा बढी एमबी अवस्थाका कुष्ठ रोगी कृष्णनगर नगरपालिकामा छन् । सो पालिकामा १७ जनामा एमबी केश र ४ जनामा पिबी केश भेटिएको छ ।

कृष्णनगर पछि शिवराजमा १२, बुद्धभूमिमा ११ र कपिलवस्तु नगरपालिकामा १० वटा एमबीका केश भेटिएका छन् । जिल्लामा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कुल १ सय ८८ नयाँ कुष्ठ रोगी फेला परेकोमा गत आवमा सो सङ्ख्या तुलनात्मक रूपमा घटेको छ ।

लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा कुल ५ सय ७७ कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । प्रदेशमा सबै भन्दा बढी रुपन्देही जिल्लामा १ सय ६४ जना नयाँ कुष्ठ रोगी फेला परेका थिए ।

सरकारले सन् २०३० सम्ममा कुष्ठरोगका नयाँ बिरामीको दर प्रति १० लाख जनसङ्ख्यामा शून्य पु¥याउने लक्ष्य लिएको छ । त्यसै गरि १५ वर्ष मुनीका बालबालिका प्रति दश लाखमा नयाँ कुष्ठ रोगी पहिचान दर गत वर्ष १७ दशमलव ३ रहेकोमा सन् २०३० सम्ममा १ भन्दा कम बनाउने लक्ष्य छ ।

तर गत वर्षको तथ्याङ्कमा प्रति १० हजार जनसङ्ख्यामा गत आवको कपिलवस्तु जिल्लाको नयाँ कुष्ठ रोगी पहिचान दर १ दशमलव ८१ छ । प्रदेशभरमै सबै भन्दा बढी पहिचान दर रहेकोमा पश्चिम नवलपरासीको १ दशमलव ८७ देखिएको छ ।

पछिल्लो पाँच आर्थिक वर्षको अवधिमा कपिलवस्तु जिल्लामा कुल ७ सय ३३ जना नयाँ कुष्ठ रोगी फेला परेको क्षय कुष्ठ निर्देशक मोहम्मद ईरफानले जनाए ।

सन् २०१० मा कुष्ठरोग जनस्वास्थ्य समस्याको रूपमा निवारण भएपछि कुष्ठरोगको सुचांकहरूमा स्थिरता आउनु, स्थानीय तह र सरोकारवालाको प्राथमिकतामा नपर्नु र कुष्ठरोग सम्बन्धी दक्ष जनशक्तिको अभाव हुनु, कुष्ठ रोगी प्रतिको भेदभाव र लाञ्छना कायमै रहनु तथा प्रेषण संयन्त्र प्रभावकारी बन्न नसक्दा समस्या समाधान हुन नसकेको उनले स्पष्ट पारे ।

सरकारले सबै स्वास्थ्य संस्थामा नियमित कुष्ठरोग सेवा प्रदान गर्दै आएको, परीक्षण सहित सक्रिय विधिबाट नयाँ कुष्ठ रोगी पत्ता लगाउने कार्यक्रम प्राथमिकतामा रहनु, बिरामीलाई निःशुल्क बहु उपयोगी औषधी उपचार विधि (एमडिटी) प्रदान, कुष्ठरोगका कारण अपाङ्गता भएका बिरामीको लागि निःशुल्क सुधारात्मक शल्यक्रिया र रोकथामका लागी एक मात्रा रिफाम्पिसिनको कार्यक्रमले प्राथमिकता पाएको उनी बताउँछन् ।

कुष्ठरोग सङ्क्रमणको खोज पडतालको कार्यक्रमका कारण नयाँ पत्ता लाग्ने सङ्ख्या बढी देखिएको र नागरिकमा कुष्ठरोग बारे सचेतना बढ्दै गएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले बताए ।

सङ्क्रमण र सङ्क्रमित व्यक्ति प्रति गरिने भेदभाव र लाञ्छना हटाउन सञ्चार क्षेत्रको भूमिका अहम् हुने उनले बताए । कुष्ठ रोगको समयमै पहिचान र उपचारका लागि सचेतना प्रवाहमा भूमिका निर्वाह गर्न उनले सञ्चारकर्मीहरू सँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?