Butwal Today

नेप्से १९.४३ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ३६ करोडमा सीमित

२८ आश्विन २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, २८ असोज ।

मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.४३ अंकले घटेको छ । सो गिरावटसँगै नेप्से २,५२८ मा कायम भएको छ । कारोबार सुरु हुँदा केही समय बजारमा हरियाली देखिए पनि करिब आधा घण्टामै नेप्से ओरालो लागेको हो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

अघिल्लो दिन ४ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएकोमा आजको कारोबार ३ अर्ब ३६ करोड रुपैयाँमा सीमित भएको छ । आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको घटेको छ । पाँच कम्पनीको मूल्य स्थिर रह्यो ।

उद्योग समूहहरूमध्ये व्यापार समूह सबैभन्दा बढी १.४८ प्रतिशतले वृद्धि भएको छ भने हाइड्रोपावर समूह सबैभन्दा धेरै, अर्थात् १.७१ प्रतिशतले घटेको छ । त्यसैगरी, निर्जीवन बीमा १.१०, माइक्रोफाइनान्स ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, जीवन बीमा ०.९८, लगानी १.१६, होटल तथा पर्यटन १.११, फाइनान्स १.४०, विकास बैंक १.०० र बैंकिङ समूह ०.८२ प्रतिशतले घटेका छन् ।

आज दुई कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । शुभम् पावर र ग्रामीण विकास बैंकको मूल्य उच्चतम सीमा १० प्रतिशतले बढेको हो । त्यस्तै, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्य ५.८६ प्रतिशत, विन्ध्यबासिनी हाइड्रोपावरको ५.३१ प्रतिशत र सुपरमाइ हाइड्रोपावरको ४.८४ प्रतिशतले वृद्धि भएको छ ।

उता, समाज लघुवित्तको मूल्य १० प्रतिशतले घटेको छ । सामुदायिक लघुवित्तको मूल्य ७.५४ प्रतिशत, माइखोला हाइड्रोपावरको ६.७२ प्रतिशत, एसियन हाइड्रोपावरको ६.१८ प्रतिशत र भूगोल इनर्जीको मूल्य ५.१३ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, हिमालयन रिइनस्योरेन्स, सीईडीबी होल्डिङ्स, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट रहेका छन् ।