Butwal Today

जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक

२८ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, २८ असोज ।

२४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाँदै गर्दा देउवा सार्वजनिक रुपमा देखिएका हुन् ।

बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीको कुटपिटमा परेका देउवा त्यसयता सार्वजनिक भएका थिएनन् ।
आक्रमणपछि नेपाली सेनाले उनलाई र उनकी पत्नी आरजु राणा देउवालाई उद्धार गरेको थियो ।

उद्धार प्रयासस्वरूप नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन खोजिए पनि सम्भव भएको थिएन । अन्ततः सेनाले स्थलमार्ग प्रयोग गरी उनीहरूलाई अस्पताल पुर्‍याएको थियो ।

सुरक्षा कारण देखाउँदै देउवाको उपचार कहाँ गरिएको हो भन्ने खुलाइएको थिएन । टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ टाँका लगाइएको थियो भन्ने जानकारी कांग्रेस नेता मीन विश्वकर्माले पत्रकार सम्मेलनमार्फत दिएका थिए ।