© २०२३
काठमान्डौ, २८ असोज ।
तिहार (धनतेरस) लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) बिक्री सुरु गरेको छ । केन्द्रीय बैंकले चार प्रकारका सिक्का बिक्रीको व्यवस्था मिलाएको जनाएको छ । तर यो वर्ष सुनका असर्फी वितरण भने नगर्ने भएको छ ।
सबै सिक्का १० ग्रामको रहेको छ र मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । प्रत्येक व्यक्तिले एकै सिक्का मात्र खरीद गर्न पाउने छन् ।
सिक्का किन्नका लागि नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको परिचयपत्र अनिवार्य हुनेछ ।