नवलपरासी पश्चिम् ।
वैदिक सनातनीहरुको पावन भूमी मुस्ताङ जिल्लाको मुक्तिनाथ धाममा लगाईएको ६ महिने लामो महायज्ञको समापन पश्चात मुक्तिनाथ भगवानको रथारोहणको जल प्रसाद सहितको रथयात्रा आज नवलपरासी आईपुगेको छ ।
रथयात्राले आज बर्दघाट नगरपालिका परिक्रमा गर्नुका साथै विभिन्न मठमन्दिर हरुमा पुर्याईएको छ ।मुक्तिनाथबाबाको सत्सङ्कल्पमा षाड्मासिक महायज्ञ एंव श्री मुक्तिनाथ महोत्सव आयोजना गरिएको हो ।
चैत्र रामनवमीमा निस्केको रथ मुक्तिनाथमा आयोजना गरिएको महायज्ञको समापन गरी ६ महिना पछि विभिन्न जिल्लाला मठमन्दिर हुँदै आज नवलपरासी आईपुगेको ब्यवस्थापक गणेश पौडेलले जानकारी दिए।
नेपालका तिर्थस्थलहरुको प्रचार प्रसार,सनातन वैदिक धर्म सस्कृतीको सम्बर्धन र बिश्वशान्ती सहित धार्मिक स्थलहरुको पर्यटन प्रवर्द्धनका लागि महायज्ञको आयोजना गरिएको रथयात्रामा सहभागी स्वामि वासुदेव प्रपन्नाचार्यले बताए ।
रथ यात्रामा रहनु भएका मुक्तिनाथपीठाधीश्वर स्वामीको ऊत्तराधिकारी कृष्ण प्रप्नाचार्य( करपात्री) गुरुले भक्तजनहरुलाई जलअभिषेक गर्नुका साथै तिलक ,प्रसाद वितरण गरेका थिए ।भोली नवलपरासीका विभिन्न तिर्थस्थल हुँदै कपिलवस्तु सम्मको रथयात्रा रहने र आउदो लक्ष्मी पुजाका दिन गजेन्द्रमोक्ष धाम त्रिबेणीमा भब्यताका साथ समापन हुने बताईएको छ ।रथयात्रालाई स्थानिय भक्तजनहरुले उल्लासपुर्ण रुपमा स्वागत गरेका छ्न ।