© २०२३
काठमान्डौ, २८ असोज ।
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको सुन तस्करी मुद्दामा काठमान्डौ जिल्ला अदालतमा आजदेखि बयान सुरु भएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा महराको बयान लिइँदैछ ।
सोमबार सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । महराविरुद्ध ८ करोड ५५ लाख रुपैयाँ बिगो र ३ वर्ष कैद माग दाबी गरिएको छ ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । महरालाई २०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीको पूरक अभियोगमा प्रतिवादी बनाइएको हो ।
यसअघि सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई दोषी ठहर गर्दै पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो ।