बर्दिया, २८ असोज ।
बर्दियाको मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले मधुवनका प्रशिक्षार्थी पत्रकारहरूसँग भेटघाट गरी जेनजी आन्दोलन, प्रभाव, तथा अन्य समसामयिक विषयमा छलफल गरेका छन् । मधुवन नगरपालिकाको सहयोग पत्रकारिता तालिम लिएका पत्रकारहरूले छलफल गरेका छन् ।
छलफलमा पत्रकारिता सिकी रहेका ८ जना युवाहरूले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण नेपालमा भएको क्षतिका बारेमा बृहत् छलफल गरेका थिए । भेटघाट तथा छलफल कार्यक्रममा मधुबन वडा नम्बर ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता मेक बहादुर गुरुङ, मधुबन वडा नं ६ का वडा अध्यक्ष चन्द्रसिंह गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
छलफलमा मधुबन नगरपालिकाका मेयर भाटले आन्दोलनका क्रममा थुप्रै कैदीहरू जेलबाट भागेको, सिंहदरबार, सर्वोच्च अदालत जलेको, विभिन्न सार्वजनिक सम्पत्ति जलेको, सरकारी भवनहरू जलेको, विभिन्न ठाउँका नगरपालिकाहरू जलेको तथापि कार्यालयमा काम गर्ने कर्मचारीहरू बाहिर पाल टाँगेर काम गरेको अवस्था बारे नगरप्रमुख भाटले चिन्ता व्यक्त गरे ।
देश विषम परिस्थितिमा रहेकोले सबै पत्रकारहरूलाई एकजुट हुन आग्रह समेत गरे । पत्रकारितालाई अझ अगाडी बढाउनको लागि विभिन्न तालिमहरू सञ्चालन गर्ने उनको प्रतिबद्धता रहेका जानकारी गराए ।