ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

दशकअघिको निर्णय गुमनाम बन्ने चिन्ता  

२८ आश्विन २०८२, मंगलवार
२८ आश्विन २०८२, मंगलवार

इन्धनबाट चल्ने सवारी साधन विस्थापन गरी विद्युतीय सवारीलाई प्राथमिकता दिने नेपाल सरकारको दशकअघिको प्रतिबद्धता अहिले गुमनाम जस्तै छ । नेपाल सरकारले वि.सं. २०८८ भित्र पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन विस्थापन गर्ने निर्णय गरेको थियो ।

सरकारले त्यस सम्बन्धी कानुन बनाएर राजपत्रमा समेत प्रकाशित गरिसकेको छ । सरकारले गरेको यो घोषणा कार्यान्वयनमा आउन भने चुनौती देखिएको छ । किनभने अव ६ बर्षमात्रै बाँकी छ । विद्युतीय सवारी अनिवार्य गर्नेतर्फ सरकारको ध्यान पुगेको छैन ।

मुलुकमा सरकार अस्थिर हुँदा पनि देशको यो एउटा महत्त्वपूर्ण विषय ओझेल पर्ने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । करिब आठ वर्षअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले इन्धनबाट चल्ने सवारीसाधन विस्थापन गरी २०८८ देखि विद्युतीय सवारी चलाउने निर्णय गरेको थियो ।

जुन कसैको सरकारले निर्णय गरेको भए पनि मन्त्रिपरिषद्को निर्णय दूरगामी र आफैमा महत्त्वपूर्ण हुन्छ । त्यसयता धेरै सरकार बने । केपी शर्मा ओली आफै पनि त्यसपछि सरकारको नेतृत्वमा आए तर आफैले गरेको निर्णय क्रमशः कार्यान्वयनतर्फ लैजाने कुरा बिर्सिए ।

अहिले सरकारको निर्णय लत्त्याइएको अवस्था छ । किनभने सरकारले त्यसतर्फ कुनै पनि तयारी गरेको छैन । सरकारले गरेको निर्णय मान्य हुने हो र लागू हुने हो भने २०८८ सालपछि इन्धनबाट चल्ने सवारीसाधन गुड्न पाउने छैनन् ।

बैङ्कले पनि इन्धनबाट चल्ने सवारीमा लगानी नगरेको अवस्था थियो तर यो व्यवस्था लागू गर्न भने अब जटिल हुँदै जाने देखिएको छ । इन्धनबाट चल्ने सवारी साधनले प्रदूषण गराउने र पेट्रोल र डिजेल किन्दा नेपालको पैसा धेरै बाहिरियो भन्दै यो निर्णय गरिएको थियो । निश्चित रूपमा यो निर्णय अत्यन्त महत्त्वपूर्ण थियो । तर, निर्णय कार्यान्वयन जटिल छ ।

केपी ओली नेतृत्वको सरकारले मात्रै होइन, २०७४ र २०७९ को आम निर्वाचनमा सबै राजनीतिक दलले आ–आफ्ना घोषणापत्रमा विद्युतीय गाडीलाई प्राथमिकता दिने उल्लेख थियो ।

देशका लागि विद्युतीय सवारीका साधन आवश्यक भन्दै घोषणापत्रमा आफ्नो दलको नेतृत्वमा सरकार बने विद्युतीय सवारीलाई प्राथमिकता दिँदै इन्धन गाडी निरुत्साहित गर्ने घोषणापत्रमा उल्लेख गरियो तर त्यसयता कुनै पनि दल र तिनका नेताले विद्युतीय सवारीको आवश्यकताका विषयमा कुरा उठाएनन् । अहिले दलहरूले आफूहरूको घोषणापत्र बिर्सिएको अवस्था छ ।

सरकारले २०८८ पछाडि पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको म्याद थप्ने भनेर अर्को निर्णय पनि गरेको छैन । संयुक्त राष्ट्र सङ्घको बैठकमा समेत नेपालले सो अवधिमा इन्धनबाट चल्ने सवारीसाधन विस्थापित गरिसक्ने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरिसकेको छ ।

तर, सरकारको यो प्रतिबद्धता कार्यान्वयनमा आउने विषयमा अन्यौलता उत्पन्न भएको छ । सरकारले जनतालाई इन्धनबाट चल्ने सवारीसाधन नकिन्न आह्वान गर्नुपर्ने हो । जनतालाई सचेत गराउनुपर्ने हो । तर, सरकारको निर्णय अझै पनि धेरै नागरिकलाई थाहा छैन ।

विडम्बना अहिले पनि इन्धनबाट चल्ने सवारीका साधन धेरै किनबेच भइरहेको छ । विद्युतीय सवारी साधन खरिदमा भन्सार बाहेक सरकारको कुनै थप प्रोत्साहन छैन ।

यो मुलुकमा २०८८ सालपछि इन्धनबाट चल्ने सवारीसाधन विस्थापन गर्ने नै हो भने आम सर्वसाधारणलाई जानकारी गराउन ढिलाइ भइसकेको छ । ओझेलमा परेको सरकारको निर्णयको वास्तविकता अव सबै जनताका सामु सार्वजनिक गर्नुपर्दछ ।

करिब एक दशक अघिको निर्णय कार्यान्वयनमा ल्याउने हो भने अव ढिलाइ गर्नु हुँदैन । नेपालले देशलाई आर्थिक अवस्थाबाट माथि उठाउने हो भने नेपालमा उत्पादित विद्युतबाट चलाउन सकिने विद्युतीय सवारीलाई प्राथमिकता दिनु जरुरी छ ।

विद्युतीय सवारी भित्राउन सरकारले प्रोत्साहन दिनुपर्दछ । वातावरण प्रदूषण नियन्त्रण मात्रै होइन, नेपालको पैसा विदेश जानबाट रोकिने छ । तसर्थ सरकारले विद्युतीय गाडीमा प्रोत्साहन गरोस् । करिब एक दशक अघिको निर्णय कार्यान्वयनमा आओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?