ट्रेंडिंग:

>> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति 

विपिन जोशीको हत्या सन् २०२३ को अन्त्यतिरै भएको डीएनए परीक्षणबाट पुष्टि

२८ आश्विन २०८२, मंगलवार
२८ आश्विन २०८२, मंगलवार

 काठमाडौं, २८ असोज ।

हमासद्वारा मारिएका नेपाली युवा विपिन जोशीको हत्या झन्डै दुई वर्षअघि नै भएको पुष्टि भएको छ । इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टअनुसार उनको मृत्यु सन् २०२३ को अन्त्यतिर नै भइसकेको देखिएको इजरायलस्थित नेपाली दूतावास स्रोतले  जानकारी दिएको छ ।

‘हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भएको छ । उनको मृत्यु प्राकृतिक नभई हत्या नै भएको रिपोर्ट प्राप्त भएको छ,’ स्रोतले भन्यो ।

विपिनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी  मार्फत सैनिक अस्पतालमा पुर्‍याएर डीएनए परीक्षण गरिएको थियो । हालसम्म यसबारे इजरायलस्थित नेपाली दूतावासले औपचारिक रूपमा केही जानकारी गराएको छैन । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले समेत अहिलेसम्म औपचारिक जानकारी नपाएको जनाएका छन् ।

स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयको कार्यभार समेत सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक जानकारी गराएपछि विपिन जोशीको डीएनए परीक्षण प्रतिवेदन सार्वजनिक गरिने तयारी भइरहेको छ ।

कञ्चनपुरका विपिन जोशी अध्ययनको सिलसिलामा इजरायल गएका थिए । गत अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा आक्रमण गर्दा उनी अन्य नेपाली विद्यार्थीहरूसँगै थिए ।

उक्त हमलामा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनलाई हमास लडाकुहरूले बन्धक बनाएर लगेका थिए । त्यसयता उनी बेपत्ता थिए । इजरायल र हमासबीच युद्धविराम भएपछि मात्रै मंगलबार इजरायली सेनाका अधिकारीहरूले विपिनको मृत्यु पुष्टि गर्दै औपचारिक जानकारी दिएका हुन् ।

बन्दीहरू मुक्त गर्ने क्रममा हमासले मंगलबार विहान विपिनको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?