ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

एआइको सही प्रयोग हुनुपर्ने

२८ आश्विन २०८२, मंगलवार
२८ आश्विन २०८२, मंगलवार

दाङ,२७ असोज ।

दाङमा भएको एक कार्यक्रमका सहभागीले पत्रकारितामा एआइको सही प्रयोग हुनुपर्ने बताएका छन् ।  नेपाल पत्रकार महासंघ दाङले ‘पत्रकारितामा एआई’ विषयक अभिमुखीकरण कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामा एआईलाई अवसरको रूपमा लिनुपर्ने धारणा राखे । उनले  प्रविधिमा दक्षता हासिल गर्नुपर्ने बताए ।

“एआईले पत्रकारिताको इमान, अनुसन्धान र विश्लेषण क्षमतालाई नयाँ उचाइमा पुयाउन सक्छ”, पोखरेलले भने, “नेपाल पत्रकार महासंघले प्रविधि र पत्रकारिताको सहअस्तित्वबारे अध्ययन, संवाद र नीतिगत तयारी अघि बढाइरहेको जानकारी पनि दिए ।  पोखरेलले भने, “पत्रकारहरुले एआई नीतिको पालना गर्नुपर्दछ । एआईको प्रयोगले समाचार संकलन, सम्पादन र वितरण प्रणालीमा गति ल्याउने भए पनि यसको जिम्मेवार प्रयोगका लागि पत्रकारहरू नै अग्रमोर्चामा रहनुपर्नेछ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले महासंघले देशभर एआई साक्षरता र डिजिटल दक्षता सम्बन्धी कार्यक्रम विस्तार गर्ने बताए । “हामीले अब एआईलाई पत्रकारहरूको दक्षता बढाउने औजारको रूपमा लिँदै प्रदेश र जिल्लास्तरमा नियमित तालिम सञ्चालन गर्ने तयारी गरेका छौं”, उनले  भने ।

महासंघले एआई साक्षरतासँगै समाचार लेखन, तथ्यजाँच र सम्पादनमा डिजिटल उपकरणहरूको सही प्रयोगबारे पनि तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ । “एआईले सम्पादक र संवाददाताबीचको सहकार्यलाई नयाँ रूप दिन सक्छ तर त्यसका लागि नैतिकता र पारदर्शितामा कुनै सम्झौता गर्न हुँदैन”, उनले जोड दिए ।

प्रशिक्षक अजय शर्माले पत्रकारितामा एआईको प्रयोग, सम्भावना, जोखिम र भविष्यबारे जानकारी दिएका थिए  । उनले एआईलाई पत्रकारको प्रतिस्पर्धी नभई सहयोगी उपकरणका रूपमा बुझ्न आग्रह गरे । “एआई  एउटा उपकरण हो जसको प्रभाव प्रयोगकर्ताको उद्देश्यमा निर्भर गर्छ । यदि पत्रकारले यसलाई सृजनात्मक, अनुसन्धानमुखी र तथ्यआधारित समाचार उत्पादनमा प्रयोग गरे भने, एआई पत्रकारिताको क्षितिज विस्तार गर्ने ऐतिहासिक माध्यम बन्न सक्छ”, उनले भने ।

उनका अनुसार “ समाचार संकलनका तहमा एआईले डेटा–विश्लेषण, तथ्य–जाँच र ट्रेन्ड विश्लेषणमा सहयोग गर्न सक्छ भने सम्पादनका तहमा भाषिक शुद्धता, शीर्षक निर्माण र  सत्यतथ्य  उपयोगी बन्न सक्छ”, शर्माले भने “वितरणमा एआईले दर्शकको रुचिअनुसार समाचार सामग्री समायोजन गर्न, व्यक्तिगत सिफारिस प्रणालीमार्फत समयमै सामग्री अपडेट गर्न मद्दत गर्छ ।”

शर्माले थपे, “तर यसको अर्थ यो होइन कि पत्रकारको भूमिका समाप्त हुँदैन बरु  पत्रकारको विवेक, संवेदना र नैतिक जिम्मेवारी अझ महत्वपूर्ण बन्नेछ । एआईले मानवीय संवेदना महसुस गर्न सक्दैन, त्यसैले समाचारमा मानवीय दृष्टिकोण र सामाजिक जिम्मेवारी पत्रकारकै हातमा रहन्छ ।” नेपालमा एआई प्रयोगका चुनौतीका रूपमा प्रविधिको पहुँच, भाषागत असमानता र नीति–संरचनाको कमीलाई औंल्याए  ।

उनका अनुसार एआईको विवेक भन्दा पत्रकारको विवेक ठूलो हुन्छ, त्यसैले ‘मानव नियन्त्रणमा रहेको एआई’ नै पत्रकारिताको सही रूप हो । शर्माले अभिमुखीकरण कार्यक्रमलाई पत्रकारहरूमा एआईप्रतिको बुझाइ, जिज्ञासा र उत्तरदायित्व जगाउने ऐतिहासिक पहलका रूपमा लिएका छन् ।

“दाङबाट सुरु भएको यो अभियानले नेपालभर पत्रकारिताको प्रविधि–साक्षरता अभिवृद्धि गर्नेछ,” उनले  भने।
उक्त अवसरमा प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य शरद अधिकारीले पत्रकारितामा एआईको प्रयोगसँगै नियमन र नीति निर्माणमा ढिलाइ गर्न नहुने धारणा राखे ।

“एआईले समाचार उत्पादनमा सहजता ल्याउँछ, तर स्रोतको विश्वसनीयता, तथ्यपरकता र सम्पादकीय उत्तरदायित्व सुनिश्चित गर्न नियमनकारी निकायहरूको तयारी जरुरी छ”, उनले  भने

पत्रकार महासंघ  दाङका  अध्यक्ष सन्तोष सुबेदीले दाङका पत्रकारहरू अब एआई प्रयोगको अभ्यासतर्फ उन्मुख हुने विश्वास व्यक्त गरे।  उनले यस खालका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । “यस कार्यक्रमले दाङका पत्रकारहरूमा एआईप्रति जिज्ञासा र चेतना दुवै बढाएको छ । अब हामीले यसलाई व्यवहारमा उतार्ने अभ्यास सुरु गर्नुपर्छ”, उनले भने ।

कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागीता रहेको थियोे  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?