© २०२३
बर्दिया, २७ असोज ।
भेरी माध्यमिक विद्यालय, ललितापुर बर्दियाले २०८१ सालको एसइई परीक्षामा उत्कृष्ट हुनेलाई सम्मान गरेको छ । उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा उत्कृष्ट शिक्षकलाई बधाईसँगै सम्मान गरेको हो ।
विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायजनको सहभागिता थियो । विद्यालयका प्रधानाध्यापक शिव प्रसाद कोइरालाले एसइईमा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र र पुरस्कार प्रदान गर्दै आगामी अध्ययनमा अझ उत्कृष्ट सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरे ।
विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षक लक्ष्मण चौलागाईंलाई उत्कृष्ट शिक्षकका रूपमा सम्मान गरिएको छ । कार्यक्रमले विद्यालयमा उत्कृष्टता प्रवर्द्धन र विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद ढुङ्गाना पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरूले सहभागी थिए ।