ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने तयारी

२७ आश्विन २०८२, सोमबार
२७ आश्विन २०८२, सोमबार

काठमान्डौ, २७ असोज ।

आगामी फागुनमा १९ जना राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल सकिन लागेसँगै निर्वाचन आयोगले माघ ११ गते निर्वाचन गर्ने तयारी अघि बढाएको छ ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले गत शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका थिए । सो क्रममा आयोगका आयुक्तहरूले माघ ११ गते निर्वाचन गर्ने प्रारम्भिक कार्यतालिका तय भइसकेको जानकारी गराएका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीले पनि यही असोज २१ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन् । सो अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीदेवी तुलाधर र सगुन शमशेर जबरा सहभागी थिए ।

आइतबार प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच पुनः सिंहदरबारमै भेटवार्ता भएको छ । सो भेटमा राष्ट्रिय सभा निर्वाचनको तयारी र समयतालिका सम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भने,“दुई दिनअघि मैले निर्वाचन आयुक्तहरूलाई बोलाएर छलफल गरेको थिएँ । आयोगले माघ ११ गते निर्वाचन गर्ने तयारी पूरा गरेको छ। अब सरकारले समन्वय गर्नुपर्छ भनेर सुझाव दिएका छन् ।”

संविधान र कानुनअनुसार, राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल सकिनुभन्दा ३५ दिनअघि नयाँ निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । यस अनुसार आयोग माघ दोस्रो साताभित्र निर्वाचन सम्पन्न गर्न बाध्य छ ।

अध्यक्ष दाहालका अनुसार प्रधानमन्त्री कार्की राष्ट्रिय सभा निर्वाचन समयमै सम्पन्न गर्ने पक्षमा छिन् । उनले जेनजीको राजनीतिक सहभागिताबारे पनि चासो देखाएकी थिइन् ।

राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखहरू तथा प्रदेशसभा सदस्यहरू मतदाता हुने कानुनी व्यवस्था छ । दाहालका अनुसार, मतदाताको संरचनामा परिवर्तन गर्न दलहरूबीच सहमति आवश्यक छ । अध्यक्ष दाहालले सातै प्रदेशमा निर्वाचन सहज र सुरक्षाको दृष्टिले सम्भव रहेको जनाएका छन् ।

आगामी फागुन २० गते कार्यकाल सकिएर १९ जना सदस्य बिदा हुँदैछन् । तीमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने राष्ट्रपतिद्वारा मनोनीत सदस्य बामदेव गौतमको कार्यकाल पनि समाप्त हुँदैछ । नयाँ सदस्य राष्ट्रपतिबाट मनोनीत गरिनेछ ।

फागुनमा कार्यकाल सकिने सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र राष्ट्रपतिद्वारा मनोनीत १ सदस्य रहेका छन् ।

एमालेबाट बिदा हुने सांसदहरू हुन् — इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी ।

माओवादी केन्द्रबाट गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान बिदा हुँदैछन् ।

त्यस्तै, एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा समाप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?