Butwal Today

ओलीकै नेतृत्वमा एमाले महाधिवेशनमा जाने

२७ आश्विन २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा महाधिवेशनमा जाने भएको छ।

मंसिरको अन्तिम साता एघारौं महाधिवेशन तोकिएसँगै ओलीकै नेतृत्वमा जाने सचिव छविलाल विश्वकर्माले बताए।

यसअघि ओली बाहेकका नेतालाई महाधिवेशन आयोजक समिति संयोजक बनाएर जानुपर्ने कुरा पदाधिकारीले उठाएका थिए। एमाले सचिवालय बैठकले मंसिरको अन्तिम साता एघारौं महाधिवेशन गर्ने निर्णय गरेको हो। मिति र स्थान भने भोलिदेखि बस्ने केन्द्रीय कमिटि बैठकले गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?