© २०२३
बुटवल, २७ असोज ।
राष्ट्रियता, भौगोलिक अखण्डता, वीर पुर्खाहरुको योगदान र युवाहरुको भुमिका विषयक वृहत शिक्षामुलक अभिमुखिकरण कार्यक्रम हुने भएको छ । सुस्ता बचाउ युवा अभियान तथा सुस्ता बचाउ अभियान नवलपरासीको आयोजना तथा संस्थागत तथा सामुदायिक विद्यालयहरु, लखन ब्रदर्श युथ क्लबको सहकार्यमा शिक्षामुलक अभिमुखिकरण कार्यक्रम गर्ने भएको हो ।
सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी सुस्ता बचाउ अभियानका संयोजक योगेन्द्र गौतमले बुटवलको अन्तराष्ट्रिय सभाहलमा कार्तिक १४ गते हुने कार्यक्रममा सिमाविद बुद्धिनारायण श्रेष्ठ, नेपाली सेनाका पुर्व उपरथि तथा राष्ट्रिय रक्षाविद डा पूर्ण बहादुर सिलवाल प्रमुख बक्ताका रुपमा राष्ट्रियता र रक्षा विषयमा शिक्षा दिने बताए । सहभागीहरुले राष्ट्रियता र सीमा सम्बन्धी स्पष्ट जानकारी, युवामा राष्ट्रप्रेम र सचेतनाको अभिवृद्धि, राष्ट्रिय विषयमा संवाद र विमर्शको संस्कृति प्रवर्धन, युवालाई सकारात्मक क्रियाशीलता दिने लक्ष्य रहेको उनको दाबी छ ।
कार्यक्रममा दीप बोर्डिङ स्कुलका प्रधानाध्यापक टिकाराम न्यौपानेले विद्यार्थी लक्षित गर्दा त्यसबाट यो परिवार, समुदायसम्म सकारात्मक प्रभाव पार्ने बताए । रुपन्देही, नवलपरासी, कपिलबस्तु, पाल्पाका संस्थागत र सामुदायिक विद्यालयबाट प्रतिनिधिमुलक रुपमा गरि करीब २ हजार बढी विद्यार्थीहरुको कार्यक्रममा सहभागिता हुनेछन ।
कार्यक्रममा मनोरन्जनात्मक र राष्ट्रियता सम्बन्धी सागितिक गित बिबि अनुरागीको रहने छ । भारतसँग सीमाविवादमा मुछिएको सुस्ता क्षेत्रको संवेदनशीलता र राष्ट्रिय स्वाभिमानका विषयमा जागरण फैलाउने उद्देश्यसहित कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।