ट्रेंडिंग:

>> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की

‎भूमि आयोग पुनः स्थापना गर्न संयुक्त भूमि अधिकार सङ्घर्ष समितिको माग

२७ आश्विन २०८२, सोमबार
२७ आश्विन २०८२, सोमबार

‎बर्दिया, २७ असोज ।

भूमि आयोग खारेज प्रति बर्दियामा विरोध जनाएका छन् । दलित, भूमिहीन, सुकुम्बासीहरुलाई जग्गा उपलब्ध तथा अव्यवस्थित बसोबासीलाई जग्गा व्यवस्थापन गर्न बनेको आयोगले काम गर्न सुरु गरिरहेको समयमा आयोगको विकल्प नखोजी खारेज गरेकोभन्दै बर्दियाका भूमिहीनहरूले विरोध गरेका छन् ।

भूमिहीनहरूले पत्रकार सम्मेलन गर्दै प्रेस विज्ञप्ति मार्फत निर्णय सच्चाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । ‎गरिबी र सामाजिक अन्यायमा परेका नागरिकहरुको पक्षमा सहजता प्रदान गर्नुपर्ने सरकारले आयोग खारेज गरि पिडा दिइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपाल भूमि ऐन २०२१ लाई ८ औँ संशोधन गरि दफावार ऐन नियम बमोजिम आयोग गठन भई उक्त  आयोगले भूमिहीन, अव्यवस्थित बसोबासीलाई जग्गा तथा लालपुर्जा उपलब्ध गराउने कार्य सुरु भएको समयमा आयोग विघटन भएकोमा विरोधका कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमा विगतका आयोग समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्न सम्बन्धित कार्यविधि तयार गरी ७७ वटै जिल्लामा आयोगले जिल्ला समिति  गठन गरि स्थानीय वडा तथा स्थानीय कार्यपालिका र जिल्ला समितिले आफ्नो कार्यक्षेत्र भित्र रही नीतिगत जिम्मेवारी अनुसार छानबिन तथा नापनक्शा गरी जग्गा धनी प्रमाण पुर्जा वितरण गर्ने कार्य क्रमबद्ध रूपले भइरहेको अवस्थामा वर्तमान सरकारले आयोग खारेज गरेकोमा भूमि अधिकार कर्मीहरूले गुणसाे प्रकट गरेका छन् ।

‎देशमा भ्रष्ट्राचार विरुद्ध भएको आन्दोलनबाट गठन भएको सरकारले भूमिहीनले जग्गा पाउने बेलामा विना विकल्प आयोग खारेज गरेर गरिबीको रेखा मुनी रहेका जनतालाई पिडा दिएको विज्ञप्तिमा उल्लेख छ ।

७७ वटै जिल्लामा रहेका भूमिहीनलाई जग्गा उपलब्ध गराउने कार्यमा राज्यको ठुलो धनराशि खर्च भई सक्दा पनि विभिन्न समयमा बनेका आयोगले सरकार परिवर्तन सँगै आयोगको सदस्यहरू फेरिने कार्यले कुनै पनि आयोगले आफ्नो कार्यकाल पुरा गर्न सकेको थिएन ।

सो खर्च अनुरूप नियमानुसार भूमिहीनहरूलाई जग्गा धनी प्रमाण पुर्जा वितरण कार्यलाई वर्तमान सरकारले पूर्णता दिन माग गरेका छन् ।
‎वर्तमान सरकारले २०८२ असोज २३ गते मन्त्री परिषद्को निर्णयबाट भूमि आयोग खारेज गरेको छ ।

भूमि अधिकार सङ्घर्ष समितिले सरकारले खारेज गरेको भूमि समस्या समाधान आयोग निरन्तर सञ्चालन नगरेमा सडक आन्दोलन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

उनीहरुले भूमि ऐन २०२१ दफा ५२ को (ग) मा २०७८ माघ २८ गते उता दश वर्ष अघिबाट घर टहरा बनाई जोत भोग गरेर बसिरहेको स्थानमा नाप नक्सा गरि जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउन नेपाल सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?