© २०२३
काठमाडौं, २७ असोज ।
इजरायलका मानिसहरू सोमबार बिहानैदेखि तेल अभिभको होस्टेज स्क्वायरमा जम्मा हुन थालेका थिए । यहाँ ठूलो संख्यामा मानिसहरूको भीड लागेको छ, जसले बन्धकहरूको प्रतीक्षामा समय बिताइरहेका छन् ।
इजरायली मिडियाका अनुसार, हमासले सात इजरायली बन्धकहरूलाई गाजामा रेड क्रसका अधिकारीहरूलाई सुम्पिएको छ ।
इजरायली सेनाले पनि बन्धकहरूलाई रेड क्रसलाई सुम्पिएको पुष्टि गरेको छ ।
हमासले पनि आफूले सात इजरायली बन्धकहरूलाई रेड क्रसलाई सुम्पिएको पुष्ट्याएको छ । इजरायलका नागरिकहरू बन्धकहरूको रिहाइमा खुसीयाली मनाइरहेका छन् । धेरै इजरायलीहरू रिहाइप्रति निकै भावुक देखिएका छन् ।
उता, प्यालेस्टाइनतिर पनि उस्तै खुसी छ । अलजजिराका अनुसार, केही परिवारहरूले इजरायली जेलहरूमा वर्षौँ बिताएका आफ्ना छोराहरूलाई घरमा स्वागत गर्न तयारी गरिरहेका छन् । तर, अरूका लागि भने अझै अनिश्चितता बाँकी छ ।
परिवारहरू आफ्ना आफन्तहरूलाई कहाँ पठाइन्छ भनेर पत्ता लगाउन पर्खिरहेका छन् । कि त उनीहरू गाजा फर्कनेछन्, वा कब्जा गरिएको वेस्ट बैंक पठाइनेछन्, वा देश निकाला गरिनेछ ।
के हुने छ भन्ने कुरा अझै अस्पष्ट छ । इजरायली सुरक्षा प्रतिष्ठान र सरकारले यस्ता देश निकाला (निर्वासन) को अनुरोध गरेका छन् ।
यस किसिमको अभ्यास इजरायलले विगतमा पनि अपनाएको थियो, जसले रिहा भएका कैदीहरूलाई आफ्ना प्रियजनहरूसँग पुनर्मिलन गर्न रोक लगाएको थियो ।
विगतका आदानप्रदान सम्झौताहरूमा, परिवारहरूले आफ्ना आफन्तहरूलाई हिरासतबाट रिहा भएको हेर्नका लागि व्यग्रतापूर्वक पर्खिएका थिए । तर पछि, वेस्ट बैंकमा रहेका परिवारका सदस्यहरूले अन्यत्र देश निकाला गरिएका आफन्तहरूलाई भेट्न जान पाएका थिएनन् ।
आज रिहा गरिएका धेरैले पनि यस्तै प्रकारका प्रतिबन्धहरूको सामना गर्नेछन् । उनीहरू आफ्ना परिवारहरूलाई भेट्न वेस्ट बैंक फर्कन पाउने छैनन् । केही परिवारहरूको लागि, यो पल धेरै ढिलो गरी आएको छ ।

ऐडा शरणार्थी शिविरका एक बन्धककी आमाले आफ्नो छोराको रिहाइको लागि ३२ वर्षसम्म पर्खिइन् । तर, उनले छोरालाई स्वतन्त्र भएको देख्न नपाई गत अगस्टमा निधन भइन् । प्यालेस्टाइनमा धेरैका लागि, आजको दिन खुसी र दुःख दुवैले भरिएको हुनेछ ।

