ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सङ्घीय र प्रदेश सरकारका कारण स्थानीय सरकार अन्योलमा

२७ आश्विन २०८२, सोमबार
२७ आश्विन २०८२, सोमबार

पाल्पा, २७ असोज । 

सङ्घीय तथा चुनावी सरकार र प्रदेश सरकारको स्पष्ट जानकारी नहुँदा यहाँका स्थानीय सरकारहरू बजेट तथा योजना कार्यान्वयनमा अन्योलमा परेका छन् ।

सङ्घीय सरकारले ३ करोड रुपैयाँ सम्ममा साना साना योजनाका रकम कटौती हुने र प्रदेश खर्चमा मितव्ययिता अपनाउने भन्दै कुल बजेटमा २० प्रतिशत रकम कटौती गर्ने निर्णय भएपछि योजनाको कार्यान्वयनका लागि स्थानीय सरकार अलमलमा परेको छ ।

बस्ती वा वडा तहदेखि योजना छनोट गरी गाउँ, नगर सभाद्वारा पारित गरिएका स्थानीय निकायद्वारा सम्पन्न हुन नसक्ने, प्रदेश तथा सङ्घीय सरकारबाट कार्यान्वयन गरिने योजनाको काम अगाडि बढाउनको लागि ठेक्काका लागि टेन्डर गर्ने समय भए पनि स्थानीय सरकारहरू अन्योलमा परेको स्थानीय तहका प्रमुख बताउँछन् ।

पहिलो चौमासीकमा टेन्डरको काम सक्न पाए आउने असार मसान्त सम्म काम आरामले सकिने थियो । टेन्डर गरेर काम अगाडि बढाए भोलिका दिनमा रकम निष्कासन नभए अप्ठ्यारो पर्ने भएका कारणले समस्या भयो ।

रकम कटौतीको लागि अहिले सम्म दुवै सरकारबाट लिखित जानकारी नआउँदा कार्यान्वयनका लागि समस्या भएको तानसेन नगर सरकारका प्रमुख सन्तोष लाल श्रेष्ठ बत्ताउँछन् ।

सङ्घीय सरकारसँग माग गरिएका केही केही ४० लाख भन्दा माथिका छन् भने प्रदेश सरकार सँग माग गरिएका योजनाहरू १५ लाख भन्दा माथिका छन् । कार्यान्वयन गर्ने कि नगर्ने अलमलमा परेको उनले बताए ।

राजनैतिक पहुँचका आधारमा झ्याल बाट योजना छिराएर पूर्वाधार योजनाहरू धेरै छन् । जनताको आवश्यकता र माग भन्दा राजनैतिक नेताको लोकप्रियताका लागि खानेपानी, सडक जस्ता योजनामा सयको सङ्ख्यामा ५ लाखदेखि ५० लाख सम्मका योजनामा अहिले कार्यान्वयनमा चुनौती देखिएको छ ।

स्थानीय तहमा वडा अध्यक्षले, राष्ट्रिय योजना आयोग, योजना मन्त्री, मुख्यमन्त्री सम्म घरायसी तथा पारिवारिक र राजनैतिक पहुँचका आधारमा योजनाका लागि रकम विनियोजन भएका थिए ।

सङ्घीय सरकारको यो निर्णयले अन्योलमा पारेको एक वडा अध्यक्षले बुटवल टुँडेलाई बताए ।  दलीय सरकारले ल्याएको बजेट चुनावी सरकारले कटौती गरिदिँदा जनप्रतिनिधि अप्ठ्यारोमा परेको उनले बताए ।

सङ्घीय सरकारको कनिके बजेट त्यसैमाथि पहुँचका आधारमा योजना ल्याउने पद्धतिको यस वर्षबाट अन्त्य भएको तानसेन नगरका एक स्थानीयले बताए । यसरी स्थानीय सरकारलाई बाइपास नै गरेर तानसेन र रामपुर नगरपालिका, रिब्दीकोट, रैनादेवी, पुर्वखोला गाउँपालिकामा बढी रहेका छन् ।

स्थानीय सरकारले प्रक्रिया गत रूपमा माग गरिएको ३ करोड सम्मका योजनाको रकम कटौती गर्न सङ्घीय सरकारको कर्मागत योजना पनि कटौतीमा पर्ने भएकाले आफूलाई पोलिरहेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारू बताउँछन् ।

जनताको आवश्यकता र स्थानीय सरकारको पहुँच भन्दा बाहिर भएका कारण सङ्घीय सरकार समक्ष माग गरिएका योजना निर्वाचित सरकारले कार्यान्वयनको सूचिमा राखेको त छ तर बजेट आउने वा नआउने भन्ने विषयमा अन्योल भएका कारण काम अगाडि बढाउन अन्योल भएको रामपुर नगर सरकारको प्रमुख रमण थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?