ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

बारबरा फाउण्डेसनसँग ७ वर्ष अगाडि नै जोडिएका थिए गगन, योगेश, दिलभुषण, सुशीलाहरू

२७ आश्विन २०८२, सोमबार
२७ आश्विन २०८२, सोमबार

काठमाडौँ ।

अमेरिकी विवादित संस्था बारबरा फाउण्डेसनको भूमिकालाई लिएर नेपालमा विभिन्न आशंका र विवाद बढिरहेका बेला नेपाली राजनीतिका ठूला नेतादेखि पत्रकारसम्मको संलग्नता देखिएको छ। फाउण्डेसनसँग नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले)का सचिव योगेश भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्ले, पत्रकार दिलभुषण पाठक लगायतका व्यक्तिहरूको सम्बन्ध रहेको खुलेको छ।

जेन–जी आन्दोलनमा बारबरा फाउण्डेसनको संलग्नता र त्यसपछिका घटनाक्रमले फाउण्डेसनमाथि थप प्रश्न उठाएका छन्। आन्दोलनपछि बनेको अन्तरिम मन्त्रिपरिषद्की प्रधानमन्त्री सुशीला कार्की पनि बारबरा फाउण्डेसनका विभिन्न कार्यक्रममा सहभागी भएकी दृश्यहरू भिडियो र तस्बिरमार्फत सार्वजनिक भएका छन्।

त्यस्तै, फाउण्डेसनसँग सम्बन्धित पत्रकार जगदीश खरेल हाल सञ्चार, सूचना तथा प्रविधिमन्त्री बनेका छन् भने कुलमान घिसिङ उर्जामन्त्री र रामेश्वर खनाल अर्थमन्त्री बनेका छन्। कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेल पनि फाउण्डेसनका सदस्य रहेको जनाइएको छ।

पत्रकार दिलभुषण पाठकले बारबरा फाउण्डेसनको “टलक सिरिज” कार्यक्रम बारम्बार सञ्चालन गर्दै आएका छन्। उनले जेन–जी आन्दोलन शुरु हुनुभन्दा दुई महिना अगाडि कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणाका छोरा जयवीर देउवाको लगानी रहेको भन्दै होटल हिल्टनबारे आलोचनात्मक भिडियो सामग्री प्रसारण गरेका थिए। सोही भिडियोका कारण देउवा परिवारमाथि सार्वजनिक असन्तोष बढेको र आन्दोलनका क्रममा केही व्यक्तिले देउवा दम्पतीमाथि हमला गरी घाइते बनाएको आरोप लगाइएको छ।

सोही आन्दोलनका क्रममा नक्सालस्थित हिल्टन होटलमा आगजनी हुँदा पाँच अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको बताइन्छ। त्यसपछि पत्रकार पाठकको भूमिकामाथि पनि प्रश्न उठाइएको छ।

त्यस्तै, कांग्रेसका महामन्त्री गगन थापाले पनि जेन–जी आन्दोलनका मागहरूलाई समर्थन जनाउँदै कांग्रेसभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको पहल गरेका थिए। पार्टी सभापति देउवा अस्पतालमा उपचाररत रहँदा थापाले हस्ताक्षर अभियान थालेका थिए। उनी बारबरा फाउण्डेसनसँग जोडिएका बेला त्यसका कार्यक्रममा पनि सक्रिय सहभागी रहेको उल्लेख छ।

एमालेका सचिव योगेश भट्टराईले पनि त्यस अवधिमा पार्टीभित्र नेतृत्व परिवर्तनको माग अघि सारेका थिए। उनले तत्कालीन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ नेतृत्व ल्याउनुपर्ने अभिव्यक्ति दिएका थिए।

रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्ले पनि बारबरा फाउण्डेसनसँग निरन्तर सम्पर्कमा रहेका भिडियो र तस्बिरहरू सार्वजनिक भएका छन्। रिपोर्टअनुसार, उनी पार्टी सभापति रवि लामिछाने र कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई हटाएर नेतृत्वमा आउन खोजिरहेका छन्।

सन् २०१७ नोभेम्बर २० मा बारबरा एडम्स टक सिरिजको पहिलो एपिसोडमा गगन थापा, योगेश भट्टराई, डा.स्वर्णिम वाग्ले र पूर्व सचिव कृष्ण ज्ञवाली सहभागी रहेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार दिलभुषण पाठकले गरेका थिए।

फाउण्डेसनका विभिन्न कार्यक्रममा सहभागी रहेका प्रमुख व्यक्तिहरूमध्ये हरिवंश आचार्य, मदनकृष्ण आचार्य, हरिबहादुर थापा, किरण नेपाल, रवि लामिछाने, केदारभक्त माथेमा, पूर्वराष्ट्रपति डा.रामवरण यादव, डा.भगवान कोइराला, पत्रकार टीकाराम यात्री, अनुराधा कोइराला लगायत पनि रहेका छन्। फाउण्डेसनका अध्यक्ष डा.सन्दुक रुइत हुन् भने मोहना अन्सारीसहितका व्यक्तिहरू सदस्य रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?