© २०२३
बुटवल, २६ असोज ।
सौन्दर्य र छालाको हेरचाहमा क्लिनजिङ् र फेसियल शब्द प्रायः सँगसँगै सुनिन्छन् । तर यी दुवै उपचारमा कार्य, उद्देश्य र प्रक्रिया फरक हुन्छ । छालाको प्रकार, छालाको समस्या र छालाको संवेदनशीलता अनुसार फेसियल वा क्लिनजिङ के गर्ने भनेर छनोट गर्नु राम्रो हुन्छ ।
क्लिनजिङ् गर्दा अनुहार सफा मात्रै गरिन्छ भने फेसियलमा धेरै बेर मसाज गरिन्छ । जसमा उमेर अनुसारको मसाज पनि हुन्छ । फेसियलले अनुहारको रिन्कल हटाउने, ताजगीपन दिइरहने, अनुहारमा चमक ल्याउने काम गर्छ ।
क्लिनजिङ्
क्लिनजिङ् मुख्यतस् छालालाई सफा गर्ने प्रक्रिया हो । यसमा मेकअप, धुलो, तेल र मृत छालाका कोषहरू हटाइन्छ । यसले छालालाई स्वच्छ राख्छ र छालाको छिद्र ९उयचभक० खुला राख्न मद्दत गर्छ । क्लिनजिङ्ले दैनिक छालाको हेरचाहमा महत्त्वपूर्ण भूमिका खेल्छ र सामान्यतया यसलाई घरमै वा ब्युटी पार्लरमा छोटो समयमै गर्न सकिन्छ ।
१५ दिनमा एक पटक क्लिन्जिङ् गर्दा यसले राम्रो परिणाम दिन्छ । पार्लर जान नभ्याएको खण्डमा घरमै क्लिनजिङ् क्रिम लगेर आफैँले पनि सफा गर्न सकिन्छ ।
फेसियल
यदि अनुहारको सौन्दर्य राम्रो छ तर त्यसमा थप ऊर्जा दिने निखार ल्याउन मन छ भने फेसियल गर्न सकिन्छ । अनुहारको छालामा कुनै रोग लागेर अनुहार बिग्रेको खण्डमा उपचार गर्ने विधि पनि हो फेसियल । यसमा छालाको सफाइसँगै एक्सफोलिएसन, मसाज, मास्क, हाइड्रेशन र पोषण दिने क्रिमको प्रयोग पनि समावेश हुन्छ ।
फेसियलले अनुहारमा दाग, धब्बा, ब्ल्याक हेड, चाउरीपन, डार्क सर्कल देखिन्छ । यस्तोमा फेसियलले छालाको गहिराइबाट सफा गर्ने र मृत कोशिका हटाएर छालालाई निखार्ने काम गर्छ । महिनाको एक पटक फेसियल गराउनु उपयुक्त हुन्छ । फेसियल गर्दा गुणस्तरीय फेसियल कीटको प्रयोग गर्नुपर्छ ।
क्लिनजिङ् छालाको सफाई हो भने फेसियल सम्पूर्ण छालाको हेरचाह र पोषण हो । सौन्दर्य र छालाको दीर्घकालीन स्वास्थ्यका लागि दुवैको उपयुक्त संयोजन आवश्यक हुन्छ । नियमित क्लिनजिङ् र आवश्यक अनुसार फेसियल गरिरहँदा छालामा प्राकृतिक चमक र तन्दुरुस्ती कायम रहन्छ ।