Butwal Today

ट्रम्पलाई राष्ट्रिय गार्ड तैनाथीमा अमेरिकी अदालतले लगायो रोक

२६ आश्विन २०८२, आइतबार
अ+
अ-

बुटवल, २६ असोज ।

अमेरिकाको संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई इलिनोइसमा राष्ट्रिय गार्ड तैनाथ गर्नबाट रोक लगाउने फैसला गरेको छ ।

सिकागोस्थित सातौँ सर्किटको बेन्चले उक्त सुरक्षा बल तत्कालका लागि संघीय नियन्त्रणमा रहनुपर्ने निर्णय पनि जारी गरेको छ । यस निर्णयले सिकागो क्षेत्रमा राष्ट्रिय गार्ड तैनाथी रोक्ने तल्लो अदालतको आदेशलाई आंशिक रूपमा समर्थन गरेको छ ।

यस किसिमको तैनाथीले “नागरिक अशान्ति बढाउन” र “आगोमा घिउ थप्न” सक्ने अदालतको निर्णयमा उल्लेख गरेको छ ।

ट्रम्प प्रशासनले यसअघि लस एन्जलस, वाशिङ्टन डीसी, पोर्टल्यान्ड र ओरेगनजस्ता डेमोक्र्याट नेतृत्वका शहरहरूमा राष्ट्रिय गार्ड तैनाथ गरिसकेको थियो ।