© २०२३
नवलपरासी (पश्चिम्), २६ असोज ।
पश्चिम् नवलपरासीको बर्दघाट बाट सुन्दरी सिंगारे सर्पको उद्धार गरिएको छ । गएराति वडा नम्बर ४ स्थित एक स्थानीय होटलबाट बर्दघाट नगरपालिकाका सर्प उद्धारकर्मी दुर्गा लामीछनेले उद्धार गरेका हुन ।
अन्य सर्पहरूले जस्तै आफ्नो बचाउमा यसले पुकार गर्ने र डराउन दिने भएपनी यो सर्प अविषालु रहेको लामिछानेले बताए । यसलाई अङ्ग्रेजीमा Copper-headed Trinket Snake (तामाको टाउको भएको ट्रिंकेट) र नेपालीमा स्थानीय रूपमा ‘सुन्दरी सिंगारे सर्प’ पनि भनिने गरिएको बताइएको छ ।
यसले आफूलाई खतरा महसुस हुँदा अन्य सर्पजस्तै पुकार गर्ने र टोक्ने प्रयास गर्ने हुँदा मानिस डराएर मारिदिने गर्छन् । तर सर्प मार्दा ईकोसिस्टममा असर पार्ने भएकाले सर्प नमार्न समेत लामिछानेले सर्पको महत्वका बारेमा जनचेतना फैलाउँदै आएका छन् । उनले सर्प उद्धार सँगै उनले कयौँ नागरिकको ज्यान समेत जोगाएका छन् ।