Butwal Today

७ दिनका लागि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ संकलन गर्ने

२६ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २६ असोज ।

नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरूबाट ५० अर्ब रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ ।

बैंकले ७ दिने निक्षेप जारी गर्दै बजारबाट तरलता प्रशोचन गर्ने तयारी गरेको हो । उक्त निक्षेप कात्तिक २ गते फिर्ता गर्ने व्यवस्था गरिएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आइतबार दिउँसो ३ बजे सम्म अनलाइनमार्फत बोलकबोलमा सहभागि हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।