ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

खानेपानीलाई व्यवस्थित गर्न अन्तर्क्रिया

२६ आश्विन २०८२, आइतबार
२६ आश्विन २०८२, आइतबार

गुल्मी, २६ असोज ।

चन्द्रकोट गाउँपालिकामा रहेको शान्तिपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अन्तर्क्रिया गरेको छ । लामो समयदेखि अस्तव्यस्त बनेको खानेपानी उपभोक्ता समितिलाई नयाँ कार्यसमितिले तिन साताको अवधिमा संस्थालाई व्यवस्थित बनाउँदै स्थानीय स्तरमा खानेपानीको क्षेत्रमा देखिएका समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भन्नेमा जुटेको छ ।

यस सम्बन्धमा उपभोक्ता समितिले सरोकारवाला निकाय र उपभोक्ताबिच गाउँपालिकामा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो ।  खानेपानी सेवाको सुधार, सहुलियत महसुलमा पानी वितरण र संस्थाको आगामी कार्यदिशा तय गर्ने उद्देश्यले उक्त अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष वीर बहादुर थापाले बताए ।

कार्यक्रमका जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले खानेपानी जस्तो अत्यावश्यक सेवामा जनसहभागिता र पारदर्शिता अत्यन्तै महत्त्वपूर्ण रहने भन्दै संस्थाले उपभोक्ताको सुझावलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षत्रीले गाउँपालिकाले खानेपानी र सरसफाइको क्षेत्रमा देखिएका समस्या समाधानका लागि समितिले सुरु गरेका रचनात्मक कामहरूमा आवश्यक सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए ।

अन्तर्क्रियामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीका प्रमुख सरोज न्यौपानेले सरसफाइ र सुरक्षित पानी वितरण राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै, खानेपानीको लागि कार्यालयको तर्फबाट प्रदान गरिने आवश्यक उपलब्ध गराउने बताए ।

सोही कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले सामुदायिक विद्युतले आफ्ना ग्राहकहरूसँग शुल्क लिँदा नेपाल विद्युत् प्राधिकरणको विद्युत् महसुल सङ्कलन विनियावलीमा तोकेअनुसार मात्र शुल्क लिनुपर्ने व्यवस्था रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै विभिन्न वडाका वडाध्यक्ष एवं सहभागीहरूले खानेपानीको क्षेत्रमा देखिएका विभिन्न समस्या र समाधानका उपायहरूको बारेमा विभिन्न सुझाव र धारणाहरू राखेका थिए ।

अन्तर्क्रियाले खानेपानी व्यवस्थापनमा सुधार र पारदर्शिता ल्याउन सबै सरोकारवालाबिच समन्वय र सहकार्यको आवश्यकतालाई औँल्याएको थियो । समितिले आगामी दिनमा उपभोक्ताको सुझावलाई आत्मसात् गर्दै सबै उपभोक्तालाई सहुलियत दरमा गुणस्तरीय पानी वितरण गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?