© २०२३
बुटवल, २६ असोज ।
सामाजिक क्षेत्रमा अग्रसर रहेको मिलिजुली क्लब शंकरनगरको २० औं साधारणसभा तथा छैठौं अधिवेशनबाट ईश्वर पाण्डेयको अध्यक्षतामा ११ सदस्यीय नया नेतृत्व चयन भएको छ ।
शनिबार भएको क्लबको अधिवेसनमा वरिष्ठ उपाध्यक्षमा सुनिल पाण्डेय, बालाकृष्ण भण्डारी, महासचिव दीपक भट्टराई, कोषाध्यक्ष राम प्रसाद भण्डारी (डिजी), सचिव ई. प्रविन गौतम तथा सदस्यहरुमा खिमलाल भण्डारी (गोपाल), विशाल पाण्डे, गंगा पाण्डेय, खिमा भुषाल पाण्डे, ई अनुराग गुरुङ सर्वसम्मत चयन भएका छन । यसैगरि टिकाराम भण्डारीको संयोजक, अच्युत भण्डारी र कमला कुमारी भण्डारी गौतम सदस्य रहेको लेखा समिति समेत चयन भएका छन ।
कार्यक्रममा क्लबका अध्यक्ष ईश्वर पाण्डेयले विगतका उपलब्धि, चुनौती र आगामी योजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक सेवा, युवा सशक्तीकरण र वातावरण संरक्षणको अभियानमा अझ सक्रिय बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा क्लबका कोषाध्यक्ष कृष्ण खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै पारदर्शी वित्तीय प्रणाली र सदस्यको सहभागितामार्फत क्लबको क्रियाकलापलाई विस्तार गर्ने योजना सार्वजनिक गरे ।
कार्यक्रममा होमनारायण न्यौपाने, निर्वाचन समितिका संयोजक खिमलाल पाण्डे, सदस्यहरु इन्द्र प्रसाद भट्टराई (विष्णु), जीवन गौतम, तामानाथ पाण्डेय, विष्णु प्रसाद पाण्डेले मिलिजुली क्लब लामो समयदेखि शिक्षा, स्वास्थ्य, सरसफाइ र सामाजिक सहयोगका क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै अझ मजबुत बनाउने गरि लाग्न नया नेतृत्वलाई सुझाव दिए ।