ट्रेंडिंग:

>> मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार सुनुवाइ >> स्वर्गीय बच्छु राईको परिवारलाई एनसीसी कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण >> भारतबाट ल्याएको अवैध चिनी बरामद  >> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच

भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको आशा 

२६ आश्विन २०८२, आइतबार
२६ आश्विन २०८२, आइतबार

अन्तर्राष्ट्रिय उडानविहीन बनेको करिब ६ महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट पुनः नियमित उडान सुरु हुने खबरले यस क्षेत्रका पर्यटन व्यवसायीलाई खुसी बनाएको छ ।

थाइ एयर एसियाले यही असोज २६ (अक्टोबर १२) देखि भैरहवा–थाइल्यान्ड अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेपछि भैरहवाका मात्रै होइन, लुम्बिनी प्रदेशकै जनतामा उत्साह सिर्जना भएको छ । थाइ एयर एसियालाई सातामा दुईवटा उडानका लागि अनुमति दिई सकिएको छ ।

त्यसैगरी जजिरा एयरवेजलगायत अन्य कम्पनी पनि अन्तर्राष्ट्रिय उडानको तयारीमा रहेको र तिहारपछि उडान सुरु गर्ने योजना बनाएको बताइएको छ । २०७९ साल जेठ २ गते २५६६ औं बुद्ध जयन्तीका अवसरमा औपचारिकरूपमा उद्घाटन भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रारम्भिक चरणमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाइ एयर एसिया र हिमालय एयरलाइन्सले व्यावसायिक उडान गरेका थिए ।

तर, नियमित उडान निरन्तर नहुँदा भैरहवा र समग्र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी चिन्तित बन्नुपरेको अवस्था छ । विगत ६ महिनादेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यस क्षेत्रको पर्यटन व्यवसायमा लगानी भएको करिव एक खर्ब रुपियाँ डुब्ने चिन्ता उत्पन्न भैरहेको थियो ।

तर, पछिल्लोसमय पुनः अन्तर्राष्ट्रिय उडानको समाचारले पर्यटन व्यवसायीलाई उत्साही बनाएको छ । उडान नहँुदा धेरै व्यवसायीलाई ऋणको किस्ता र ब्याज तिर्न समेत संकट परेको अवस्थामा उडानको खबरले विश्वास बढाएको छ ।

अवको दिनमा नेपाल सरकारले समेत भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउने हो भने उडान कम्पनीहरूलाई छुटको व्यवस्था गर्नुपर्दछ । त्यसो त गत दुई बर्ष अघि नै सरकारले विदेशी विमान कम्पनी आकर्षित गर्न सरकारले भैरहवा र पोखरा विमानस्थलका लागि विभिन्न छुटका व्यवस्था गरेको थियो ।

अन्तर्राष्ट्रिय यात्रु सेवा शुल्कमा तीन हजार रुपियाँसम्म छुट, पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट र इन्धनमा सय डलरसम्मको छुटको व्यवस्था गरिएको थियो ।

अहिले त्यो छुटको व्यवस्था पुनः लागू गरियोस् । अबको दिनमा काठमाण्डौंको एकाधिकार तोड्नेतर्फ भैरहवा क्षेत्रले पहल गरोस् । त्यसो त भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नहोस भन्ने मनसाय कसैको छ भने त्यो दरिद्र मानसिकताको उपज हो ।

विगतमा यो विमानस्थलले जाडो महिनामा ठूलो समस्या भोगेको छ । विमानस्थलले भिजिबिलिटीको समस्याका कारण जाडोमा उडानमा प्राविधिक समस्या भोगिरहेको थियो तर विमानस्थलमा आरएनपी एआर प्रणाली जडान भएपछि अव त्यस्तो समस्या नआउने अवस्था भएको छ । यो खुसीको कुरा हो ।

विश्वका धेरै देशका विमानस्थलहरूमा वायुसेवामा प्रयोग भइसकेको यो प्रणाली भू–उपग्रहमा आधारित हुन्छ । यो प्रणाली भैरहवामा पनि लागू भैसकेकोले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचलोस् भन्नेहरूको दिवा सपना अव पूरा हुन सक्दैन् । अतः विमानस्थल चल्दैन कि भन्ने सपना बोकेर बसेकाहरूको सपना अव बिफल हुने अवस्था आएको छ ।

यसअघिको सरकारले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि लिएको पहल अत्यन्त सार्थक र महत्वपूर्ण रहेको कुरा विर्सन सकिदैन् । सरकारले नचाहेको भए यो विमानस्थल गौचरन प्रमाणित हुने अवस्था थियो ।

गत बर्ष जाडोयाममा भिजिबिलिटीको कारण देखाउँदै तीनवटा बिमान कम्पनीले उडान स्थगन गरेपनि यसैलाई तिललाई पहाड बनाउने काम भयो । अव त्यस्तो नहोस् । यो विमानस्थललाई असफल बनाउने काम कहिँकतैबाट हुनुहुँदैन ।

अवको दिनमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान निरन्तर गर्न वायुसेवाहरूलाई प्रोत्साहित गर्नेतर्फ नयाँ सरकारको ध्यानाकर्षण होस् । अव कुनैपनि बहानामा अन्तर्राष्ट्रिय उडान रोकिने अवस्था आउनु हुँदैन ।

त्यसका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान कम्पनीहरूलाई विश्वासमा लिन सक्नुपर्दछ । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनु भनेको नेपालको पर्यटन क्षेत्रका लागि आशाको ज्योति प्रज्वलित हुनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?