© २०२३
बुटवल, २६ असोज ।
इजरायलले खालि गरेको गाजाका क्षेत्रमा हमासले आफ्नो सुरक्षा बलका सदस्य परिचालन गरेको छ । बीबीसीको खबरअनुसार, गाजामा आफ्नो पकड बलियो बनाउन हमासले सात हजार सदस्य तैनाथ गरेको छ ।
साथै, प्यालेस्टिनी समूहले पनि पाँच जना नयाँ गभर्नर नियुक्त गरेका छन् । ती सबै सैन्य पृष्ठभूमिका छन् । फोन र म्यासेजमार्फत् परिचालनको आदेश दिइएको खबरमा उल्लेख छ । हमासका सशस्त्र इकाईहरू विभिन्न जिल्लाभर परिचालन गरिएका छन् ।
गाजा शहरको सब्रा क्षेत्रमा शक्तिशाली दुगमुश समूहका बन्दुकधारीले हमासको विशेष फौजका दुई सदस्यलाई गोली हानी हत्या गरेपछि तनाव बढेको थियो । त्यसपछि हमासले उक्त इलाकालाई घेराबन्दी गरेको थियो ।
गाजामा युद्धको अन्त्यपछि कसले शासन गर्ने भन्ने विषयमा बढ्दो अनिश्चितताबीच हमासको सम्भावित परिचालनको अनुमान पहिले नै गरिएको थियो ।