ट्रेंडिंग:

>> स्वर्गीय बच्छु राईको परिवारलाई एनसीसी कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण >> भारतबाट ल्याएको अवैध चिनी बरामद  >> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’

कमनवेल्थ गेम्स २०१० का गोल्डमेडलिस्ट जोन नेपालगन्जमा

२६ आश्विन २०८२, आइतबार
२६ आश्विन २०८२, आइतबार

बाँके, २६ असोज ।

विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्णपदकधारी केन्याका जोन केलाई नेपालगन्ज आइपुगेका छन् । धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा उनी नेपालगन्ज आएका छन् ।

धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी, रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ र संस्थापक सदस्य भीम ओलीले लिजेन्ड धावक जोनलाई स्वागत गरेका छन् ।

धारा नेपालगन्ज म्याराथनकै भगिनी रनिङ इभेन्ट गौघाट ग्रिन रनमा अतिथि धावकका रूपमा सहभागी हुन उनी नेपालगन्ज आएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

धावक केलाई ले स्कुले धावकहरूलाई हौसला बढाउन सँगसँगै दौडनेछन् । धावक केलाई सन् २००३ देखि २०१० सम्म विश्व प्रतिष्ठित मुम्बई म्याराथन(भारत), इन्सेद म्याराथन(नेदरल्याण्ड्स), टोरन्टो वाटरफ्रन्ट म्याराथन(क्यानडा), सिंगापुर म्याराथन, ब्रसेल्स म्याराथन(बेल्जियम)का विजेता हुन् । उनलाई म्याराथनको विज्ञ मानिन्छ ।

बढ्दो तापक्रमका कारण विश्व पर्यावरणमा परेको नकारात्मक प्रभावका बारेमा ससाना बालबालिकालाई जानकारी गराउँदै प्लास्टिक रहित हरियाली गाउँ निर्माण गर्ने उद्देश्यले गौघाट ग्रिन रन गत वर्षदेखि खजुराको सितापुरमा सुरु गरिएको हो ।

असोज २८ गते मङ्गलवार बिहान ७ बजे हुने गौघाट ग्रिन रनमा खजुरा पालिका अन्तर्गतका विद्यालयबाट छात्र एवं छात्रा तथा खुल्ला छात्र छात्रा गरी चार विधामा स्पर्धा हुनेछ । ग्रिन अवधारणामा हुने नेपालमै सम्भवतः यो दौड नै हो ।

यस पटक एक सय जनाले भाग लिने रेस डाइरेक्टर गुरुङले बताए । गतबर्ष ४२ जनाले भाग लिएका थिए । ग्रिन रनमा ऐक्यबद्धता जनाउन मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधान समेत सहभागी हुने आयोजकले जनाएको छ ।

मिस नेपाल श्रृच्छाको अध्ययन र रुचिको विषयमा भएको हुँदा ग्रिन रनसँग जोडिएको एम्स दूत धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन् । धावक जोन र मिस नेपाल श्रृच्छासँग सोमवार जनप्रतिनिधि, पत्रकार र नागरिक अगुवाको भेट गराइने आयोजकले जानकारी दिएको छ ।

धारा नेपालगन्ज म्याराथनको ११औँ संस्करण यही मङ्सिर ६ गते शनिवार हुनेछ । यसका लागि दर्ता खुला गरिसकिएको छ । यस पटक धारा नेपालगन्ज म्याराथनमा प्रदर्शनका आधारमा खेलाडी तथा अन्य भूमिकामा रहेका व्यक्तित्वलाई विभिन्न अन्तर्राष्ट्रिय एक्सपोजर दिने तयारी गरिएको छ ।

यसका लागि वर्ल्ड क्लास रनिङ इभेन्ट बाङ्सेन रनिङ सिरिज(थाइल्याण्ड)सँग औपचारिक सम्झौता समेत भएको छ । साथै अन्य म्याराथन आयोजकसँग यस्तै सहकार्यको तयारी अघि बढाइएको एम्स दूत ठकुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?