Butwal Today

विपिनको अवस्था अझै अज्ञात छ : राजदूत पण्डित

२६ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, २६ असोज ।

इजरायलस्थित प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले नेपालका विपिन जोशीको अवस्था अझै स्पष्ट नभएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन् ।

मिडियामा विपिनबारे विभिन्न समाचार आएका कारण उनले प्रधानमन्त्री कार्यालयमा बुझ्दा त्यहाँका अधिकारीहरूले पनि विपिनको अवस्था अझै अज्ञात रहेको पुष्टि गरेको बताए ।

राजदूत पण्डितले थप जानकारी आएमा सबैभन्दा पहिले सञ्चार माध्यमलाई जानकारी गराइने बताएका छन् । उनले आधिकारिक पुष्टि नभएसम्म समाचार नलेख्न र पीडित परिवारको भावनामा चोट नपुर्‍याउन पनि अनुरोध गरेका छन् ।