Butwal Today

केरा सस्तो भयो, प्रतिदर्जन कति पुग्यो ?

२६ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमाडौं, २६ असोज

स्थानीय बजारमा केराको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार आइतबार केराको थोक मूल्यमा गिरावट आएको देखिएको छ ।

आज आइतबार केराको औसत मूल्य प्रतिदर्जन १३ रुपैयाँले घटेको छ । कालीमाटी बजारमा केरा आज थोकमा प्रतिदर्जन न्यूनतम १ सय १० रुपैयाँदेखि अधिकतम १ सय ३० रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।

औसत मूल्य भने १ सय २२ रुपैयाँ कायम भएको छ । शनिबार भने केराको थोक मूल्य न्यूनतम १ सय ३० रुपैयाँदेखि अधिकतम १ सय ४० रुपैयाँसम्म पुगेको थियो । औसत मूल्य १ सय ३५ रुपैयाँ थियो ।

त्यसअघि, एक महिनाअघि केराको प्रतिदर्जन थोक मूल्य न्यूनतम १ सय ३० रुपैयाँ र अधिकतम १ सय ४५ रुपैयाँसम्म रहेको थियो ।