© २०२३
बुटवल, २५ असोज ।
कैलालीमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ।
घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति सुर्खेतको चौकुने गाउँपालिका–३ का २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको हो।
जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार हत्यामा संलग्न दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा घोडाघोडी गाउँपालिका–८ का १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री छन्।
प्रहरीका अनुसार खाजा पसलमा रक्सी खाने बेला आपसी विवादमा उनीहरूले धारिलो हतियार प्रयोग गरेर टाउको छिनालेका थिए।
हतियार र छिनालेको टाउको बोकेर राति घोडाघोडी नगरपालिका–३ स्थित उनीहरू अस्थायी प्रहरी पोस्ट प्रतिखेतनजिक पुगेका थिए।
प्रहरीले राति कता हिँडेको भनेर सोधेपछि उनीहरूले मान्छे मारेको र टाउको बोकेर आएको भनेका थिए।
हत्यामा संलग्न ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।