ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

गाउँको स्वाद बदलियो: दुध–दहीको ठाउँमा चिसो बोतलको आगमन

२५ आश्विन २०८२, शनिबार
२५ आश्विन २०८२, शनिबार

पाल्पा ।

पाल्पा– वगनासकाली गाउँपालिका चुतुङधारा निवासी कमल पाण्डे सात वर्षपछि विदेशबाट घर फर्किए। दिउँसो घर पुगेका पाण्डेलाई परिवारले गिलासमा चिसो पेय पदार्थ दिए, त्यसपछि उनी अचम्मित भए।

“पहिले त घरमा आफैंले दुध र दही, भैसी–गाई पालेर पाहुनालाई सत्कार गर्थ्यौं, आज ठुला बोतलका कोक, स्प्राइट र फेन्टाको स्वादले स्वागत गर्छन्,” पाण्डे भन्छन्।

सुमन दर्लामी, वगनासकाली गाउँपालिका–नायरेका स्थानीय, दसैँमा मात्र परिवारमा १० वटा ठुला बोतल चिसो पेय पदार्थ खपत भएको सुनाउँछन्। तर पछिल्ला वर्षहरूमा यस्तो पेय पदार्थको माग अब केवल पर्वको बेला मात्र होइन, गाउँ–बस्तीका पसलमा पनि बढ्दो छ।

दुई दशकअघि गाउँका गोठहरू भैसी र गाईले भरिएका हुन्थे। दुध र दहीले घर र पाहुनाको सत्कार हुन्थ्यो। तर आज गोठ खाली छन्, घरहरूमा प्लास्टिकको बोतल र ठुला पेयका गिलासले ठाउँ लिएका छन्। कमल पाण्डे भन्छन्, “समयसँगै रहन-सहन र खानपान सबै बदलिएको छ। म आफूलाई अझै पुरानो परम्पराको भागजस्तो महसुस गर्छु।”

मुढाबास तास बहादुर कालु, निस्दी गाउँपालिका, आठ दशक पुराना, भन्छन्, “बाल्यकालमा हातखुट्टा थकाए पनि गोठमा गाई–भैसी कहिल्यै छुटेन। आज बजारमा चिसो पेय पाउनु सपनाजस्तो लाग्छ। पहिलाका स्वस्थ्य, प्राकृतिक खाद्य परम्परा अब लोप हुँदै गएको छ।”

गाउँमा पहिले बिजुली थिएन। विद्युत आएपछि जीवन सजिलो भयो, र त्यससँगै विद्युतिय सामग्री र बजारका सामानहरू पनि गाउँ पुगे। अब गाउँका प्रत्येक टोलमा पसल छन्। बजारको प्रभाव गाउँ–बस्तीमा पुगेको छ। कमला सोती, स्थानीय, भन्छिन्, “चिसो पेय मात्र होइन, प्याकिङ गरेको खानेकुराहरू पनि गाउँ प्रवेश गरेका छन्।”

पहिलेको दही–घिउ र दूध खाने परम्पराले मानिसको शरीर र रहन–सहनलाई स्वस्थ राख्थ्यो। आजका पुस्ताले यी खाद्य पदार्थ कहाँबाट आउँछन् भन्ने ज्ञान पनि छैन। गाई–भैसी, गोठ जस्ता शब्द केवल कथामा मात्र छन्। जलदेवी आधारभूत विद्यालयका शिक्षक लालबहादुर सोती भन्छन्, “हाम्रो समाज उपभोक्तामुखी हुँदै गएको छ। नयाँ पुस्ताले प्राकृतिक उत्पादनका स्रोतबारे जानकारी राख्दैनन्।”

तीन दशकअघि नेपाल कृषिप्रधान देश थियो। तर प्रजातन्त्रपछि जमिन सानो हुँदै गयो, जनसंख्या घट्दै गयो, युवाहरू विदेशतिर लागे, र गाउँमा बस्ने संख्या कम भयो। मदनपोखरा क्षेत्रका प्रतिनिधि सोमनाथ अर्याल भन्छन्, “हाम्रो संस्कृति र परम्परामा विकृती थपिँदै गएको छ। गाउँमा अब दु:ख गरेर खाने युवाहरू छैनन्, र यसले खानपान र रहन-सहनमा परिवर्तन ल्याएको छ।”

रुक्मागत भट्टराई, रैनादेवी गाउँपालिका छहराका प्रमुख भन्छन्, “गाउँमा बस्ने परम्परागत जीवनशैली फेरिएको छ। नयाँ अवसरको खोजीमा मानिसहरू गाउँ छोडेका छन्। त्यसैले खानपान, रहन-सहन र संस्कृति सबै परिवर्तन भएको छ।”

पुराना पुस्ता भन्छन्, “सामान्य विषय भए पनि पहिलेको चलन–चल्ती र हाम्रो संस्कृति जोडिएको थियो। यसलाई जोगाउनु आवश्यक छ।”

आजको परिस्थिति स्पष्ट देखाउँछ कि बजार र प्रविधिको प्रभावले गाउँको परम्परागत जीवनशैली र खानपानमा ठूलो परिवर्तन ल्याएको छ। चिसो बोतलको पेयले दुध–दहीको स्थान लिइसक्यो, तर यसले समाजमा पुरानो संस्कृतिको महत्व र मूल्यको सम्झना पनि दिलाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?