© २०२३
पाल्पा, २६ असोज ।
इन्धनको मूल्य ओरालो लागे पनि खेत जोत्नका प्रयोग हुने ट्याक्टरको ज्याला यहाँका व्यवसायीले समायोजन गरेका छैनन् । यसले कृषकहरू मर्कामा परेका छन् ।
एक रुपैयाँ डिजेलमा १० देखि २० रुपैयाँसम्म कम हुँदासम्म यहाँका व्यवसायीले भाडा दर समायोजन तथा मूल्य कम नगरेका हुन् । पछिल्लो समयमा कृषि प्रयोजनका लागि गोरु पाल्ने परिपाटी कमै भएका कारण गाउँ घरमा ट्याक्टरको प्रयोग बढिरहेको छ ।
खेत बारीमा जोत्ने, झार काट्ने देखि धान चुट्नका लागि ट्याक्टरको प्रयोग हुँदै आएको छ । यहाँका ट्याक्टर व्यवसायीले जोत्ने देखि धान चुट्ने गर्दा प्रति मिनेट ५० रुपैयाँ ज्याला बापत लिने गरेका छन् । व्यवसायीले मूल्य समायोजन नगर्दा कृषक समस्यामा परेको तानसेन नगर दमकडाका कृषक शिव नेपाल बताउँछन् ।
ज्याला प्रत्येक वर्ष बढ्दो अवस्थामा रहेको र डिजेलको मूल्य घट्दो अवस्थामा रहेको भए पनि यस विषयमा स्थानीय सरकार मौन रहेको उनले गुनासो पोखे । माथागढी गाउँपालिका सराइका देव बहादुर दर्लामीले आठ रोपनी क्षेत्रफल रहेको जग्गामा रोटाभेटर र हलो प्रयोग गर्दा १० हजार रुपैयाँ ज्याला लागेको उनले बताए ।
व्यवसायीले आफू खुसी ज्याला निर्धारण गर्दा कृषक समस्यामा परेको हो । खेत बारीमा खेती गर्दा लागत मूल्य बढ्नु पनि यही कारण होे । अब कसरी खेत जोताउने भन्ने विषयमा चिन्ता रहेको छ । कृषकको समस्या कसले बुझ्ने होला ? उनले भने ।
गोरु पाल्ने भनेको अत्यन्तै मेहनतको काम भएकाले सबैले पाल्न छाडे । जोत्ने भनेकै ट्याक्टरले नै हो । टोल टोलमा ट्याक्टर छन् । सामान ढुवानी भन्दा पनि जोत्ने कम बढि हुन्छ । आफू खुसी भाडा लिन पाइयो । कृषक अत्यन्तै मारमा परेका छन् ।
यो विषयमा कहीँ कतै, कुनै निकायले पनि यस विषयमा कुरा नउठाउँदा व्यवसायीले कृषकको टाउकोमा टेकेको अर्गलीका कृषक कृष्ण पराजुली बताउँछन् । स्थानीय निकायका जनप्रतिनिधिले यो विषय उठाउनुपर्नेमा अप्रत्यक्ष रूपमा जोडिएका कारणले वडा तहका जनप्रतीनिधि मौन रहेको कृषकहरू बताउँछन् ।
]केही वडा अध्यक्षका नै ट्याक्टर छन् । जनप्रतिनिधि समक्ष नै सवाल जवाफ गर्न सक्ने क्षमता नभएका कारण मूल्य तथा ज्याला आकासिएको रभ्भा गाउँपालिका हुंगीका वेद प्रसाद भण्डारी बताउँछन् ।
यो विषयमा अनविज्ञ त कुनै जनप्रतिनिधि छैनन् तर यही कारणले ज्याला नघटेको उनले बताए । डोजर १ घण्टा चलाउँदा २ हजार ४ सय रुपैयाँ पर्छ भने ट्याक्टर १ घण्टा चलाउँदा ३ हजार रुपैयाँ ज्याला लागेको र इन्धन खपत बराबर हुन्छ उनले भने ।
कृषि ज्ञान केन्द्रको तथा अनुसार ५७ हजार १ सय ७२ हेक्टर क्षेत्रफलमा खेती गरिँदै आएकोमा धान ८ हजार २ सय ५०, गहुँ ६ हजार ३ सय ६५ मकै २१ हजार ५ सय ६४ हेक्टर क्षेत्रफलमा खेती गरिएको मध्य ९८ प्रतिशत ठुलो ट्याक्टर नै प्रयोग गर्दछन् ।
ट्याक्टर सञ्चालकका एक व्यवसायीले आफ्नो नाम उल्लेख नगरिदिने सर्तमा भने सङ्गठित छैनन् व्यवसायी सामान्य रूपमा हो । आफ्नो संस्था कानुनी प्रक्रिया पुरा नगरेको कारण धेरै बोल्न नहुने उनले भने ।
जिल्ला प्रशासनका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषि राम सुवेदी भन्दछन् । विषय तथा कृषकको समस्या सान्दर्भिक भएको र यसलाई प्रमुख जिल्ला अधिकारीको रोहवरमा व्यवसायी सँग छलफल गरी समायोजन तर्फ लाग्न आफूले पहल गर्ने बताउँछन् ।
ट्याक्टर व्यवसायीले जिल्लाभर मूल्यमा एकरूपता कायम नगरेको र व्यवसायीले भूगोल अनुरूप प्रति मिनेट ८० रुपैयाँ सम्म लिने गरेको स्थानीयहरू बताउँछन् ।
विशेष गरी माथा गढीको रहवास, बहादुरपुर, गोठादी, पूर्वखोलाको विस्फोट र जल्पा, निस्दीको ज्यामिरे, अर्चले, मित्याल झिरुवास, सहलकोट बाकामलाङ जस्ता गाउँमा प्रति मिनेट ८० रुपैयाँ लिने गरेको स्थानीय बताउँछन् ।