Butwal Today

राष्ट्रपतिद्वारा बोलाइएको बैठकमा कुन दलबाट को-को सहभागी भए ?

२४ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २४ असोज ।

राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा दलका शीर्ष तहका नेताहरू शीतल निवास पुगेका छन् । राष्ट्रपति पौडेलको सक्रियतामा बसेको उक्त बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका सबै मन्त्री सहभागी छन् ।

नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएका छन् । नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट पूर्ववरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पूर्वउपमहासचिव वर्षमान पुन शीतल निवासको बैठकमा सहभागी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा सहभागी भएका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल, जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र डा. जयकान्त राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति बैठकमा सहभागी भएका छन् ।

राष्ट्रपतिले जेनजी आन्दोलनपछिको अवस्था र घोषित निर्वाचनको वातावरण बनाउने विषयमा छलफलका लागि सरकार तथा विभिन्न दलका नेताहरूलाई बैठकमा आमन्त्रण गरेका थिए ।