Butwal Today

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

२४ आश्विन २०८२, शुक्रबार
अ+
अ-

सल्यान, २४ असोज ।

सल्यान दार्मा गाउँपालिकाको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

बिहीबार साँझ दार्मा गाउँपालिका ५ भिरपाटी स्थित रुकुम झुल्नेटाबाट नुवाकोट जोड्ने भित्रि सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक कुमाख गाउँपालिका वडा नम्बर, ५ चिमालडाँडा निवासी २३ वर्षीय प्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रा २ प ७०२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडी सवार रुकुम पश्चिम चौरजहारी नगरपालिका १४ का १८ वर्षीय महेन्द्र पुन घाइते भएका छन् ।

सडकबाट झन्डै ४ सय मिटर तल खसेका प्रकाशको झुल्नेटामा रहेको आकाश पोलिक्लिनिकमा सामान्य उपचार पछि जिल्ला अस्पताल सल्ले रुकुम पठाएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिए । घाइते महेन्द्र भने सामान्य उपचार पछि डिस्चार्च भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?