Butwal Today

राष्ट्रिय युवा संघ छलफलका लागि प्रशासन कार्यालयमा

२४ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २४ असोज ।

शनिबारका लागि तय गरिएको मोटरसाइकल र्‍याली तथा सभा–प्रदर्शनमा प्रतिबन्ध लगाएपछि एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नेतृत्व जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गर्दै शनिबार विभिन्न समूहहरूले काठमाडौँका फरक–फरक स्थानबाट निकाल्ने भनिएको मोटरसाइकल र्‍याली तथा सभालाई स्वीकृति नदिने निर्णय गरेको थियो ।

सूचनामा शान्ति–सुरक्षा र सार्वजनिक सम्पत्तिको सुरक्षामा चुनौती आउन सक्ने भन्दै यस्ता कार्यक्रम निषेध गरिएको उल्लेख गरिएको छ ।

यस निर्णयपछि छलफलका लागि आफूहरू प्रशासन कार्यालय पुगेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए । “हामी अहिले छलफलका लागि प्रशासन कार्यालय आएका छौँ,” अध्यक्ष थेवेले भने, “छलफलपछि थप जानकारी दिन्छौं ।”

एमाले निकट युवा संघले हालैका राजनीतिक घटनाक्रमको विरोधमा शनिबार राजधानी काठमाडौँमा मोटरसाइकल र्‍याली निकाल्ने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?