© 2026
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरूलाई सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
शुक्रबार राजधानीमा आयोजित सम्पादकहरूसँगको छलफलका क्रममा बोल्दै प्रचण्डले जेनजी आन्दोलन अन्तर्राष्ट्रिय प्रकृतिको भएको उल्लेख गरे । उनले नेपालको आन्दोलनमा पनि देशी तथा विदेशी शक्तिहरू सक्रिय भएको अनुभव आफूले गरेको बताए ।
‘जेनजी आन्दोलन अब अन्तर्राष्ट्रिय विषय बनेको छ । विभिन्न देशहरूमा यस्ता आन्दोलनहरू चलिरहेका छन्,’ प्रचण्डले भने, ‘एक जना भारतीय बौद्धिकले त यसलाई “चटपटे आन्दोलन” भनेका छन् । त्यसमा राजावादीदेखि देशी–विदेशी तत्वहरू पनि देखिन्छन् । मलाई पनि त्यही अनुभूति भयो ।’
उनले भाद्र २३ गतेको प्रदर्शनमा आन्तरिक पक्षको भूमिका रहेको र त्यसको भोलिपल्ट अर्थात् २४ गते भएको प्रदर्शनमा बाह्य शक्तिहरू सक्रिय रहेको दाबी पनि गरे ।