ट्रेंडिंग:

>> रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न >> रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त >> सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन >> रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन >> जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु >> विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा >> औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की >> विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित >> लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान  >> खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि >> प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस् >> एम्बुलेन्स चालकहरूले गरे रक्तदान >> शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना >> आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो >> हुलाकी सडकका दुई खण्ड अलपत्र >> रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल  >> अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री >> अँध्यारो उज्यालो >> १० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल >> महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री >> हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित >> देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय >> सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी >> आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना >> मोहम्मद अफताब आलमको मृत्यु >> ओ ! जङ्गल >> १६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र >> राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय  >> सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११ >> एनपीएल सिजन २ः युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल ! >> निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह >> नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’ >> शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न >> दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै  >> पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु >> १२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता >> माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न आयोगमा निवेदन दर्ता >> काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस >> सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो >> ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? >> रवि लामिछानेविरुद्ध प्रतिशोधको प्रमाणस्वरूप रास्वपाद्वारा ६ तथ्य सार्वजनिक >> निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा >> कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं >> एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने >> चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा >> नेपाली क्रिकेट टोली स्वदेश फर्कियो >> राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने >> सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने >> सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ >> विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति

सामुदायिक विद्यालयको आत्मनिर्भर अभियान कोषमा ५० लाख जम्मा

२४ आश्विन २०८२, शुक्रबार
२४ आश्विन २०८२, शुक्रबार

सल्यान, २४ असोज ।

सल्यानको एक सामुदायिक विद्यालयले आत्मनिर्भर बन्नका लागि आफ्नो कोषमा ५० लाख बढी जम्मा गरेको छ ।

जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ ढोरचौरस्थित निराजन माध्यमिक विद्यालयमा सञ्चालनमा रहेको निराजन मावि आत्मनिर्भर अभियान अन्तर्गत हालसम्म ५० लाख चार हजार २६३ रुपैयाँ विद्यालयको कोषमा जम्मा भएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक धर्मराज घर्ती मगरको नेतृत्वमा सञ्चालित सो अभियानले विद्यालयलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । अभियानमा शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीयवासी र शुभेच्छुकहरू सबैको सक्रिय सहभागिता रहेको विद्यालयले जनाएको छ ।

प्रअ घर्तीका अनुसार २०७८ साल असोज ४ गतेदेखि सुरु गरिएको अभियान अन्तर्गत विद्यालयमा प्राप्त हुने विभिन्न भत्ता, सहयोग र व्यक्तिगत योगदान रकमलाई कोषमा जम्मा गरिएको हो ।

उनले २०८१ साल मङ्सिर २३ गतेदेखि मेरो एक दिनको खाजा निराजन माविलाई भन्ने अर्को अभियान पनि सुरु गरिएको जानकारी दिए ।
यस वर्षको दसैँसम्म आधा करोड रुपैयाँ जम्मा गर्ने योजनासाथ विद्यालय परिवार अघि बढेकोमा त्यो लक्ष्य बिहीबार पूरा भएको हो ।

प्रअ बुढाले भने, ‘विद्यालयको नगद सम्पत्तिको रूपमा जम्मा भएको छ । यो अभियान मेरो एक मुठ्ठी श्वास रहुन्जेल चलिरहनेछ । मेरो सम्पत्ति र कमाइ यही अभियान हो ।’

अभियानबाट सङ्कलित रकमको मूल धन कहिल्यै खर्च नगरिने र प्राप्त ब्याजबाट मात्र विद्यालयको शैक्षिक सुधार तथा छात्रवृत्तिमा प्रयोग गरिने उनले जानकारी दिए ।

सानो खर्चको कटौतीले नेपालकै एउटा नमुना विद्यालय बन्न सक्छ भने उक्त सानो त्यागका लागि उनले अरूलाइ पनि अनुरोध गरेका छन् । विद्यालयले अभियानलाई आगामी दिनमा निरन्तरता दिँदै नेपालकै नमूना विद्यालय बनाउने लक्ष्य लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?